वास गणकहरुका लागि तथ्यांक संकलन सम्बन्धि तालिम

चैत्र ०८, २०७६  |  १८३ पटक पढिएको

– दिप्तीशिखा चौधरी
८ चैत्र, दंगीशरण / स्थानीय खानेपानी सरसफाई तथा स्वच्छता योजना निर्माणका लागि एमवाटर मोबाईल एप्लिकेसन मार्फत तथ्यांक संकलन सम्बन्धि तीन दिने प्रशिक्षण तालिम आज शनिवार दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले प्रदेश सरकारको एक घर एक धारा संकल्प प्रस्ताव बमोजिम प्रदेश सरकार र दंगीशरण गाउँपालिकाको सहकार्यमा बास कार्यक्रम शुरु भएको बताए । उनले यस कार्यक्रमले दंगीशरणको पालिका भित्रका वास योजनाको तथ्यांक संकलन गर्नमा सहयोग पुग्ने बताए ।

स्थानीय खानेपानी सरसफाई तथा स्वच्छता योजना निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा वासका संयोजक सुरज वलीले स्थानीय वास योजना तर्जुमा प्रक्रिया, तथ्यांक संकलन तालिममा समेटिने विषय लगाएतका विषयमा जानकारी गराएका थिए । तालिमपछि एक महिना सम्म तथ्यांक संकलन गरिसक्ने, योजना तर्जुमा गरि वास योजना निर्माण गर्ने लक्ष्य रहेको वास सयोंजक वलीले बताए ।

दंगीशरण गाउँपालिकाको आयोजनामा दिगो सरसफाई र घर घरमा धारा दंगीशरणबासीको साझा नारा भन्ने नारासहित सुरु भएको तालीममा १४ जना गणकहरुकोे सहभागिता रहेको थियो । तालिम गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार