बालिकाको डुबेर मृत्यु

चैत्र ०८, २०७६  |  २४० पटक पढिएको

८ चैत, कपिलवस्तु / महाराजगञ्ज नगरपालिका वडा नं ९ सेमरहनामा एक बालिकाको डुबेर मृत्यु भएको छ । सेमरहनाका रामदिनेश तेलीका करिब १४ वर्षीया छोरी अन्जुलाको गाउँ नजिकै रहेको खाडलमा गए राति डुबेर ज्यान गएको हो ।

शौच गर्न घर बाहिर निस्केकी मनसिक अवस्था ठिक नभएकी अन्जुलाको गाउँ नजिकैको खाडलमा डुबेर ज्यान गएको प्रहरी चौकी कुशहवा बढनीका प्रहरी सहायक निरीक्षक विनय श्रीवस्तावले जानकारी दिए । शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार