राप्रपा जिल्ला कार्यसमिति दाङको बैठक सम्पन्न

चैत्र ०७, २०७६  |  ८२ पटक पढिएको  |   साक्षी खबर

७ चैत, दाङ / राष्ट्रिय प्रजातन्त्र पार्टि जिल्ला कार्यसमिति दाङको पूर्ण बैठक आज घोराहीमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकमा पार्टि एकिकरण, संगठन निर्माण, पार्टीको भावी कार्यनीति र कार्यक्रमको बारेमा निर्णय गरेको थियो । साथै आगामी जिल्ला अधिवेशनको तयारीका सम्बन्धमा छलफल गरिको थियो ।

बैठकमा प्रदेश ५ का वरिष्ठ उपाध्यक्ष दामोदर भण्डारी, केन्द्रिय सदस्य तेज बहादुर बस्नेत, नरेशजंग राणा, बिर क्षेत्रि, लिलाधर चौधरी लिला यादव, प्रदेश सहसचिव वंशीकुमार शर्मा, प्रदेश सदस्य किशोर न्यौपाने, प्रदेश सदस्य लक्ष्मण के.सी., जिल्लाका वरिष्ठ उपाध्यक्ष भुपाल रावत, उपाध्यक्ष हिरालाल खड्का, चुर्ण ओली, जिल्ला सदस्य प्याउली के.सी., गिर्जा चौधरी, गोबिन्द गिरी, धुव्र गौतम, त्रिभुवन थापा क्षेत्र नं. १ का अध्यक्ष बिनोद के.सी. क्षेत्र नं. २ का अध्यक्ष नर बहादुर बुढाथोकी लगायतकाले आफनो धारणा राखेका थिए ।

बैठकका अतिथि प्रदेश उपाध्यक्ष दामोदर भण्डारीले पार्टिले अवलम्वन गरेको सम्वद्र्धनवादको विषयमा प्रकाश पारेका थिए भने केन्द्रीय कार्यसमितिको आधारपत्र अनुसार २०७३ सालमा भएको एकता अधिवेश्नबाट निर्वाचित पदाधिकारि तथा सदस्यहरुलाई नै एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टिको जिल्ला कार्यसमिति, क्षेत्रिय कार्यसमिति, नगर कार्यसमिति, गाउँपालिका कार्यसमिति हुँदै वडासमिति कायम गर्ने र पार्टिसंगठनको क्रममा पार्टिमा योगदान दिएकालाई सहभागिता गराउने भन्ने केन्द्रिय कार्यसमितिका अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाश चन्द्र लोहनीद्वारा हस्ताक्षरको परिपत्रको बुँदा नं. ५ अनुसार जिल्ला कार्यसमितिको पूर्ण बैठकले निर्वाचित राप्रपा जिल्ला कार्यसमितिलाई वैधानिकता दिदैं सबैलाई सम्भव भए सम्म मिलाउँदै लैजाने निर्णय गरेको छ । उपाध्यक्ष भुपाल रावतको स्वागत मन्तव्यबाट शूरु भएको कार्यक्रमको सञ्चालन सचिव श्रीमणी न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार