इंग्ल्याण्डका ब्याट्सम्यान एलेक्स हल्स, टम कर्रन ‘सेल्फ आइसोलेशन’मा

चैत्र ०७, २०७६  |  १९६ पटक पढिएको  |   साक्षी खबर

– एजेन्सी
७ चैत, काठमाडौं / पाकिस्तान सुपर लिग खेलेर फर्किएका इंग्ल्याण्डका ब्याट्सम्यान एलेक्स हल्समा कोभिड–१९ को लक्षण देखिएको छ । एकजना खेलाडीमा भाइरसको लक्षण देखा परेपछि पाकिस्तान सुपर लिगले मङ्गलबार सेमीफाइनल र फाइनल खेल रोक्ने निर्णय गरेको थियो ।

पाकिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी वसिम खानले खेलाडीमा संक्रमणको लक्षण देखिएको बताएपनि नाम उल्लेख गर्न चाहेनन् । तर खेलकै क्रममा कमेन्ट्री गर्नुभएका रमिज राजाले एलेक्स हल्समा कोभिड–१९ को लक्षण देखा परेको बताएका थिए ।

हल्सले क्रिकेट जगत्मा भइरहेको आशंकाबारे प्रष्ट्याउँदै भने, “शनिबार स्वस्थ्य अवस्थामा इंग्ल्याण्ड फर्किए, भोलीपल्ट बिहान सुतेर उठ्दा ज्वरो आएपछि कोभिड–१९ को लक्षण देखिएको हो ।” उनले सरकारी स्वास्थ्य अधिकारीहरुको सुझावमा आफू ‘सेल्फ आइसोलेशन’मा बसेको जानकारी दिए । उनले छिट्टै शारीरिक परीक्षण गराउने बताए ।

द् गार्जियनले भने पाकिस्तानबाट फर्केपछि हल्सले शनिबार नै टम कर्रन र जैद डर्नब्याकसँग भेटघाट गरेको उल्लेख गरेको छ । उनीहरु दुवै जनापनि ‘सेल्फ आइसोलेशन’मा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार