शान्तिनगरका तीन स्थानमा आज देखि हेल्थ डेस्क स्थापना

चैत्र ०७, २०७६  |  ११७ पटक पढिएको

– निराश पाण्डे
६ चैत, शान्तिनगर / शान्तिनगर गाउँपालिकाले शान्तिनगरका तीन स्थानमा कोरोना भाइरसका लागि ज्वरो जांचका लागि आज देखि हेल्थ डेस्क स्थापना गरेको छ ।

शान्तिनगर स्वास्थ्य संयोजक हरि पुनका अनुसार गाउँ पालिकाको वडा नम्बर ३ को पातेटाकुरा, एकको खिलतपुर र सात नम्बर वडाको खैरेनिमा कोरोना जांचको व्यवस्था मिलाइएको संयोजक पुनले जनाएका छन् ।

तुलसीपुरबाट शान्तिनगर भित्रने सर्वसाधारण व्यक्तिहरुलाई हेल्थ डेस्कमा खटिने स्वास्थ्य कर्मिहरुले चेक जाँच गर्ने छन प्रत्यक हेल्थ डेस्कमा दुईजना स्वास्थ्यकर्मी र सुरक्षा कर्मिको टोलि रहेको बताइएको छ ।

कोरोना भाइरस विश्वव्यापी समस्याको रुपमा देखिएको भन्दै सबै नागरिकलाई सचेत रहन समेत आग्रह गरेकोछ।हेल्थ डेस्कको उद्घाटन आज एक कार्यक्रमका बिच शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिंह डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार