कोरोनाबाट सजग हुन विपद व्यवस्थापन समितीको आग्रह

चैत्र ०६, २०७६  |  १०९ पटक पढिएको

– दिप्तीशिखा चौधरी
६ चैत, दंगीशरण / दंगीशरण गाउँपालिकाले विपद व्यवस्थापन न्यूनिकरणका लागि विविध कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । बुधबार बसेको विपद व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कुनै पनि बेला कोरोना संक्रमित हुन सक्ने भन्दै सचेतना प्रदान गर्ने, पर्चा, पम्प्लेट टाँस्ने, सभा भोज, भतेर नगर्ने गरेको थाहा पाएमा रोक्ने लगाएतका निर्णय गरेको छ ।

बैठकमा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले देशव्यापी रुपमा फैलीएको कोरोना संक्रमण बाट बच्नका लागि सचेतनामूलक कार्यक्रम गर्ने, तिव्र तयारीका लागि चेकजाचँका लागि मेसनरी औजार तयारी अवस्थामा राख्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । यस्तै घर आंगन र ब्यक्ति स्वयम सरसफाईमा ध्यान दिन आग्रह गरे ।

यस्तै उपाध्यक्ष पिमा कुमारी खड्काले दंगीशरणका नागरीकलाई सचेतना प्रदान गर्न स्वास्थ्यकर्मीहरु खटिनुपर्ने बताईन् । प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले आपतकालीन समय आउँन सक्ने भन्दै स्वास्थ्यकर्मीहरुका लागि विदा स्विकृत नहुने बताए । दंगीशरणका सरोकारवाला निकायहरु पनी सर्तरकतापूर्वक लाग्नुपर्ने बताए ।

स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले दंगीशरणका सबै स्वास्थ्य चौकी तथा केन्द्रले कोरोना रोगको संक्रमण बाट सजग हुनका लागि नागरीलाई सचेतना प्रदान गरिरहेको बताए ।

गाउँपालिका भित्रका कुनै पनि नागरीक सचेत हुनुपर्ने भन्दै प्रचारप्रसार गरिरहेको र स्वास्थ्य शाखा विपतका समयमा चेकजाचँका लागि तयारी अवस्थामा रहेको बताए । चेकजाचँका लागि सबै स्वास्थय केन्द्रमा ह्यान्डसेनिटाईजर, मास्क, ग्लोबस, क्याप, एप्रोन, डिटोल साबुन लगाएतका सामग्री पठाईसकेको बताए ।

शिक्षा शाखा प्रमुख विनोद अधिकारीले गाउँपालिकाका सम्पूर्ण सामुदायीक विधालय समयमै पूर्ण रुपमा वन्द भईसकेको जानकारी दिए । बैठक गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार