नेपालको पहिलो ‘कमेडी च्याम्पियन’ बने हिमेश पन्त

चैत्र ०१, २०७६  |  ८९ पटक पढिएको  |   साक्षी खबर

 चैत, काठमाडौं / नेपालको पहिलो ‘कमेडी च्याम्पियन’को उपाधि हिमेश पन्तले हात पारेका छन् । शोको शनिबार भएको ग्रान्ड फिनालेमा अन्य प्रतिस्पर्धिलाई पछि पार्दै हिमेश पहिलो ‘कमेडी च्याम्पियन’ बन्न सफल भएका हुन् । कार्यक्रमका विजेता हिमेशले २५ लाख नगद सहित एउटा कार तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

विभिन्न चरणसहित कार्यक्रमको फाइनलमा हिमेशसहित खड्गबहादुर पुन र सुमन कोइराला पुगेका थिए । तीनै जनाले वल्र्ड टूरको अवसर पनि प्राप्त गरेका छन् ।

ग्रान्ड फिनालेमा महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) अतिथि रहेका थिए । त्यस्तै निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए । विशाल भण्डारी निर्देशन गर्दै आएको शोको होस्ट रीमा विश्वकर्माले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार