गजल



गएपछि फर्केर आउदैन समय बुझ्नुहोला
अहमताले घर बन्दैन महोदय बुझ्नुहोला

म नबोलेर आँखाले इशारा गर्छु कहिलेकाही
मनको कुरा भन्न मिल्दैन कतिपय बुझ्नुहोला
विद्या आर्जन गर्ने ठाउँलाई अपवित्र नबनाउँ
अरे मन्दिर हो भट्टि हैन विद्यालय बुझ्नुहोला

यो स्वार्थी सहरमा कोहिलाई विश्वास गर्नु अघि
उसको धर्म अनि उसको परिचय बुझ्नुहोला
आजभोली प्रेममा नि राजनीति हुन थाल्यो
प्रेम गर्नु अघि प्रेमको मुख्य आशय बुझ्नुहोला ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस