प्याराग्लाइडिङ सहितको सो म्युजिक फेस्टिबल हुने

फागुन २९, २०७६  |  १६४ पटक पढिएको

दाङ, २९ फागुन

तुलसीपुरमा प्याराग्लाइडिङ एण्ड अटो मोवाईल तथा सो म्युजिक फेस्टीबल २०७६÷०७७ हुने भएको छ । दाङको पयर्टकिय क्षेत्रको प्रवद्र्धनका लागि तुलसीपुरमा आगामी चैत्र २८ गतेदेखि बैशाख ८ गतेसम्म प्याराग्लाइडिङ एण्ड अटो मोवाईल तथा सो म्युजिक फेस्टीबल २०७६÷०७७ हुन लागेको हो ।
चन्द्र सुर्य प्रालिको आयोजनामा हुन लागेको फेस्टीबलमा तुलसीपुरमा प्याराग्लाइडिङको उडान गर्ने, अल्ट्रा लाइट एयरको उडान, हट एयर बेलुनको उडान सहित विभिन्न सांगितिक कार्यक्रम हुन लागेको मेलाका संयोजक तथा चन्द्र सुर्य यातायात प्रालिका अध्यक्ष अरुण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्याराग्लाइडिङ, अल्ट्रा लाईट एयर फ्लाईट ,हट एयर बेलुनमार्फत दाङसहित प्रदेश नम्बर ५ का पर्यटकिय क्षेत्रको अवलोकन गर्न सकिने उहाँले बताउनुभयो । पर्यटन प्रवद्र्धनलाई सहयोग पु¥याउने उद्देश्यले संचालन हुन लागेको मेलामा प्रदेश नम्बर ५ को पहिचान झल्कने वस्तुको प्रदर्शनी तथा बिक्रि, घरेलु उद्योगबाट उत्पादित वस्तु तथा स्थानीइ हस्तकला काठ, बाँस एवं माटोबाट बनेका वस्तुको प्रदर्शनी तथा बिक्रि, कृषिजन्य वस्तुको प्रदर्शनी तथा बिक्रि, जडिबुटी प्रदर्शनी, विभिन्न आधुनिक उपकरणहरुको प्रदर्शनी तथा बिक्रि, अटो मोबाइल्स प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

जिल्लामै पहिलो पटक आयोजना गरिएको फेस्टिबलमा विभिन्न जातजातिहरुको खानाको प्रर्दशनी तथा बिक्रि वितरण, यातायातलाई यात्रुमैत्री बनाउनका लागि मजदुरलाई अभिमुखिकरण, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनिबाट उत्पादित गाडीहरु तथा मोटरसाइकलको प्रदर्शनी तथा बिक्रि वितरण हुने संयोजक श्रेष्ठले बताउनुभयो ।

यस्तै मेलामा प्रदेश नम्बर ५ स्तरिय खुल्ला गायन प्रतियोगिता समेत हुने भएको छ । प्रदेश नम्बर ५ का १२ वटै जिल्लामा रहेका प्रतिभाहरुको उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख, द्धितीय हुनेले १ लाख ५० हजार, तृतिय हुनेले ७५ हजार र सान्तोना हुनेले २५ हजार प्राप्त गर्ने छ । प्रतियोगितामा लोकदोहरीबाहेक सबै विधाका गित गाउन सकिने आयोजकले जनाएको छ ।
यसैबिच आयोजकले बिहिबार पत्रकार सम्मेलन गरी तयारी शुरु भइसकेको जनाएको छ । आयोजक संस्था चन्द्रसुर्य यातायात प्रालिका अध्यक्ष अरुणकुमार श्रेष्ठको अध्यक्षतामा पत्रकार भेटघाट भएको हो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार