सिद्धि विनायक फर्निचर उद्योगको शाखा कार्यालय विजौरीमा

फागुन २८, २०७६  |  ३८६ पटक पढिएको

२८ गते, विजौरी

सिद्धि विनायक फर्निचर उद्योग तुलसीपुरको शाखा कार्यालय विजौरीमा बुधबार (आज) एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ ।
उद्योगका सञ्चालक तारा वहादुर वलीको सभापतित्व एबम् विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि योगीले विजौरी वजार विस्तारै वढ्दै गैरहेकोले यस क्षेत्रमा सबै प्रकारका सामाग्रीहरु अझ सहज र सुलभ हुन आवश्यक रहेको वताउनु भएको थियो । साथै वजारलाई व्यवस्थित वनाउन व्यापारीहरुको ठुलो योगदान हुने भएकोले सबै उद्योगी व्यवसायीहरुलाई आप्mना पसल अगाडी सफा वनाउन समेत आग्रह गर्नु भयो ।

उद्योगका सञ्चालक वलीले यो उदघाटन अवसरमा चैत्र अन्तिम हप्तासम्म ५ प्रतिसत छुट भएको जानकारी दिनु भएको थियो । उक्त कार्यक्रममा साक्षी खबर पत्रिका सम्पादक राकेश बस्नेत, विजौरी उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष वालकृष्ण रेग्मी(शम्भु), सचिव यज्ञवहादुर पुन, सदस्य रेश्मीराज खड्का लगाएतको उपस्थित थियो ।

उक्त उद्घाटन कार्यक्रमको सहजिकरण विजौरी उद्योग वाणिज्य संघका महासचिव विदुर गौतमले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार