२०७९ माघ २१, शनिबार

दंगीशरणमा बालविवाह न्यूनीकरण गर्न अन्तरक्रिया

चैत्र ११, २०७५  | १३९७ पटक पढिएको

– दिप्तीशिखा चौधरी
११ चैत्र, दंगीशरण (दाङ) / राज्यबाट नभई स्थानीय तहले बाल विवाह न्यूनीकरण सम्बन्धि नीति बनाउनु पर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।

स्थानीय तहले नीति निर्माण गरेपछि विभिन्न संघ संस्था र स्थानीय तहको संयूक्त सहभागितामा यस सचेतनामुलक कार्यक्रम गाँउ तहमा ल्याउनुपर्ने कार्यक्रममा उपस्थित सरोकारवाला निकायहरुको भनाई थियो । पछिल्लो समय बाल विवाह दिनानुदिन बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै कानुनी रुपमा संयन्त्र तयार पारी न्यूनीकरण तर्फ लाग्नुपर्ने बताएका थिए । बाल विवाह न्यूनीकरणका लागि सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रममा उनीहरुले सामाजिक रुपमा विकृती आउने कुरामा जनसहभागिता कम गरेमा न्यूनिकरण हुन सक्ने बताएका थिए । यसका साथै उनीहरुले बाल विवाह सामाजिक रुपमा अपराध भएको भन्दै अभिभावकहरु मुख्य रुपमा आफनो घरमा भूमिका खेल्नुपर्ने, अभिभावक जानकार र सचेत हुनुपर्ने, उमेर नपुगेको बाल विवाह नगराउने, लगन नजुरेको भन्दै विवाह पन्छ्यादिने जस्ता कार्य गर्न सकिने कुरा बताएका थिए ।

कार्यक्रममा सहभागी दंगीशरण गाउँपालिकाकी चन्द्रकला बि.क.ले आफु बाल विवाह गरेकाले अहिले सामाजिक र मानसिक रुपमा आफुलाई असर गरिरहेको बताए । बि.क. ले भने — “अहिले घरबार बिग्रिने हो कि भन्ने डर छ । श्रीमान् एकातिर श्रीमती एकातिर हिड्ने भएकाले सानै उमेरमा विवाह गरेर पछुतो लागेको छ ।” यस्तै गाउँपालिकाका महिला तथा बालबालिका शाखाकी प्रमूख चन्द्रा वलीले कानुनी विवाह पछि मात्र सामाजीक बिबाह गर्नुपर्ने प्रावधान भएमा बालविवाहमा कमी आउने उनको तर्क थियो ।

यस्तै ईलाका प्रहरी कार्यालयका असई माधव कुमार श्रेष्ठले प्रहरी प्रशासनमा बालविवाहका उजुरी न्यून मात्रामा आउने गरेको र आए पनि दुवै पक्षबाट मुद्धा हाल्ने विषयबाट जोगिन खोजेको बताए । अब साझेदारी प्रहरी कार्यक्रम मार्फत यस अभियानलाई सफल पार्न सकिने कुरामा जोड दिए । कार्यक्रममा वडा नं.१ का अध्यक्ष श्री प्रशाद चौधरी, वडा न. २ का अध्यक्ष तुल्सीराम देवकोटा, वडा न. ३ का अध्यक्ष पूर्ण बहादुर चौधरी, वडा नं. ५ का अध्यक्ष दिपक गौतमले अब वडा र टोल टोलमा बालविवाह न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रमलाई अगाडि बढाउनुपर्ने र शिक्षामा व्यवहारिक्ता ल्याउने किसिमका कार्यक्रम सञ्चालन गर्ने कुरामा प्रतिबद्धता जनाए ।

अन्तरक्रियापछि समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जनप्रतिनिधि र प्रशासन भन्दा पनि गाउँतहमा यस्ता सचेतनामूलक कार्यक्रमहरु गर्ने बताए । उनले सबै निकायहरु आ आफनो स्थानबाट लाग्नुपर्ने आजको आवश्यक्ता रहेको भन्दै मुख्य कुरा शिक्ष्ाित र प्रशिक्षित गराउनुपर्ने कुरामा जोड दिए । गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिकाको रुपमा स्थापित गर्न संघ संस्थासँग समन्वय गरेर समस्यालाई उछिनेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सिडका कार्यकारी निर्देशक भागिराम चौधरीले बालविवाह बालबालिकाको जिवनसँग जोडिएको कुरा भएकाले समाजमा निगरानी गर्ने निकायहरु लाग्नुपर्ने बताए । पछिल्लो समय बालविवाह बढेकाले यसले समाजमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अशर पर्ने भन्दै गम्भीर हुनुपर्ने समय आएको उनको भनाई थियो ।

कार्यक्रममा कार्यक्रम संयोजक माधव चौधरीले बाल विवाह भनेको के हो ? दक्षिण एसियामा बालविवाह र नेपालको अवस्था, बाल विवाह सम्बन्धी कानुनी प्रावधानहरु, बालविवाहका कारणहरु, बालविवाहका असरहरु, बाल विवाहले असर पार्ने क्षेत्र, बालविवाहका चुनौतीहरुका बारेमा जानकारी गराएका थिए । बालविवाह धार्मीक, सामाजिक, साँस्कृतिक, परम्परा अनुसार अभिभावकले विवाह गरेको, गरिबी, खाद्य, असुरक्षा, उचित मार्गदर्शनको अभाव, घरेलु हिंसा र दुव्र्यवहार, पारिवारीक अखण्डता जस्ता कुराले बालविवाह बढ्दै गएको विषयमा जानकारी दिए । सीड संस्थाका अध्यक्ष राममोती चौधरीको अध्यक्षता एंव गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमूख आतिथ्यता तथा उपाध्यक्ष पिमा कुमारी खड्काको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । समाजमा वातावरणीय शिक्षाको विकास सीड संस्थाको आयोजना एंव आई एम नेपालको सहयोगमा भएको अन्र्तक्रिया कार्यक्रममा जनप्रतीनिधि, बाल कल्व, सामाजिक अगुवा, महटवा, संघ सस्ंथाहरु र धार्मीक अगुवाहरुको सहभागिता रहेको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस