साक्षीमा तीन जनासँगको ‘बहस’

फागुन २६, २०७६  |  १०२ पटक पढिएको  |   साक्षी खबर

साक्षीमा हामीले ३ बहस स्तम्भ तयार पारेका छौँ । यस स्तम्भमा हामीले तीन फरक क्षेत्रका व्यक्तिहरुसँग गरिएको कुराकानी प्रस्तुत गर्दछौं । प्रस्तुतिः उदीराम चौधरी

…………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………

छवी परियार, विगत २०६० सालदेखि दलित सेवा संघमा आबद्ध हुनुहुन्छ, संघको कार्यक्रम अधिकृत परियारसँग के कस्ता कायक्रमहरु सञ्चालन गर्ने भन्ने बारेमा गरिएको बहस प्रस्तुत छ ।

१. कस्ता खालका कार्यक्रमहरु आवश्यक छन् ?
– गरिब तथा बिपन्न, दलित, एकल महिला, अपाङ्ग लगायत सिमान्तकृत समुदायलाई तत्काल आम्दानी देखिने खालको कार्यक्रमहरुको आवश्यकता छ । विभिन्न किसिमका तालिमहरु जस्तै कटाई सिलाई, हाउस वाइरिङ, ग्रिल जस्ता तालिमहरुको आयोजना गरी त्यसलाई व्यावसायिकरुपमा अगाडी बढ्ने खालका कार्यक्रमहरु ल्याएर सञ्चालन गरेका छौं ।

२. कायक्रम सञ्चालन गर्न सहज छ ?
– कार्यक्रमको लक्षित समुदाय निकै गरिब भएकोले काम गर्ने तर आम्दानी नहुने र आम्दानी भए पनि बचत गर्न नसकेकोले काममा त्यति चासो नहुने भएकोले समस्या नै छ । दलित, एकल महिला, अपांग, मुक्त कम्लहरी, सिमान्तकृत, भूमि विहीनहरुको लागि जग्गा भाडामा लिएर प्राविधिक विउ, विजन खरिददेखि लिएर सम्पूर्ण व्यवस्थापन हामीले गरी सहयोग गरेका छौं जसले गर्दा काईक्रमहरु सञ्चालनमा सहजता आएको छ ।

३. सरकारबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
– हाम्रो कार्यक्रम विशेषगरी मौसमी तथा बेमौसमी तरकारी खेती भएको हुँदा कृषकहरुले तरकारी उत्पादन गर्ने समयमा तरकारीको मुल्य ह्वात्तै घट्ने गरेको छ । जसले गर्दा कृषकले खेती गर्न छोड्ने अवस्थामा पुग्छ । मौसमी तथा बेमौसी तरकारीहरुको बजार मुल्यमा सरकारले निगरानी गर्न पर्यो ।

…………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………

कैलाश न्यौपाने, आयुर्वेदिक चिकित्सक हुनुहुन्छ । विगत १५ वर्षदेखि आयुर्वेद क्षेत्रमा सेवा दिंदै आउनु भएका न्यौपानेसँग आयुर्वेदमा सेवागाहीलाई कसरी आकर्षण गर्ने जस्ता विषयमा रहेर गरिएको बहस प्रस्तुत छ ।

१. आयुर्वेद उपचारमा सेवाग्राहीलाई कसरी आकर्षण गर्न सकिन्छ ?
– आयुर्वेद उपचारमा पहिलेको तुलनामा धेरै नै सेवाग्राहीहरु बढेका छन् । अहिले दैनिक १५÷२० जना सेवाग्राहीहरु क्लिनिकहरुमा सेवा लिन आइरहेका छन् । आयुर्वेदिक औषधी भनने बित्तिकै बाटोघाटोमा, गाउँघरमा बेच्न राखेका जडिबुटीहरु खाइहाल्ने, ग्याष्ट्रिकको औषधी हो भन्दैमा जथाभावी खाने प्रचलन रहेको छ । त्यस्तोलाई औषधी किन्न क्लिनिक, अस्पताल, फर्मेसीसम्म पुग्नु पर्छ भन्ने जनचेतना फैलाउन जरुरी छ ।

२. पेशातग रुपमा केही समस्या छ ?
– आयुर्वेदको बारेमा जनमानसमा जानकारी नै छैन । सेवाग्राहीहरु आयुर्वेदलाई गहनरुपमा बुझ्न सकेका छैनन् । झोलामा सहर बजारमा बेच्न राखेका जडिबुटी नै आयुर्वेदिक औषधी भनी जथाभावी खाइहाल्ने जस्ता समस्याहरु रहेका छन् ।

३. के भईदिए सहज हुन्छ ?
– पहिले त सरकारले चासो दिनुपर्यो । आयुर्वेदको प्रचारप्रसार गर्नुप¥यो । आयुर्वेदमा जनचेतनाको ज्ञान बाड्नु प¥यो । सरकारले आफ्नै फार्मेसी उत्पादन गर्न आवश्यक छ । आयुर्वेदको नाममा गैर आयुर्वेद क्लिनिकहरुलाई निगरानी गर्दा सहज हुन्थ्यो

…………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………

घनश्याम वली, पेशाले शिक्षक हुनुहुन्छ । २०६६ सालदेखि अध्यापन पेशामा संलग्न हुनुहुन्छ । वलीसंग शिक्षण पेशाका बारेमा गरिएको बकस प्रस्तुत छ ।

१. संस्थागत विद्यालयमा श्रमको शोषण गरिन्छ भनिन्छ नि ?
– यस्तो भनेता पनि मलाई भ्रम जस्तो लाग्छ । यदि हाम्रो क्षमता छ भने श्रमको उचित मूल्य पाइन्छ । कतिपय संस्थागत विद्यालयहरुमा त सामुदायिक विद्यालयभन्दा बढी श्रमको मूल्य दिइएको समेत पाइन्छ । जोसंग आफ्नो क्षमता छैन त्यस्ता व्यक्तिहरुलाई श्रमको कम मूल्य दिइएको पाइन्छ ।

२. संस्थागत विद्यालयका शिक्षकहरुलाई तालिमको व्यवस्था हुँदैन तर पनि विद्यार्थीहरुको नतिजा राम्रो हुन्छ किन होला ?
– संस्थागत विद्यालयमा अभिभावकहरुको लगानी बढी हुन्छ । अभिभावकको कारण विद्यार्थीहरुको सफलता प्राप्त हुन्छ । त्यसका साथ साथै शिक्षकहरुले समेत आफ्नै काम हो भनी मेहनत गर्छन् । त्यसका साथसाथै संस्थागत विद्यालयहरुमा शिक्षकहरुको समेत विशेष लगानी हुन्छ ।

३. शिक्षालाई थप व्यवहारिक बनाउन के गर्नुपर्छ ?
– किताबहरु शिक्षालाई व्यवहारमुखी बनाउन मिय मियमा तालिम दिनुपर्छ । सोही तालिम बमोजिम व्यवहारमा लागु गर्न सके शिक्षा व्यवहरिक बनाउन सकिन्छ । किताबि ज्ञानभन्दा बाह्य कुराहरु बढी दिनुपर्छ । त्यसका साथसाथै विद्यार्थीहरुलाई ज्ञानउपयोगी शिक्षा समेत दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार