२०७९ माघ २१, शनिबार

खनाललाई नयाँ पाइला पुर्नस्थापना केन्द्रले एकलाख बढि सहयोग गर्यो

चैत्र ११, २०७५  | १४८१ पटक पढिएको

बिजौरी, ११ चैत ।
सवारी दुर्घटनामा परि बाँया खुट्टामा गम्भीर चोट लागेका दाङ लमही–५ निवासी दिपक खनाललाई एक लाख बढि आर्थिक सहयोग गरिएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नंं १९ हाडिमेमा रहेको नयाँ पाईला पुर्नस्थापना केन्द्रले एक लाख एक हजार आर्थिक सहयोग गरेको हो ।

उपचारकै क्रममा घरको आर्थिक अबस्था कम्जोर हुँदै गएको भन्दै खनालको उपचारमा टेवा पु¥याउन उक्त आर्थिक सहयोग गरिएको केन्द्रका कार्यकारी निर्देशक शुरेस भुषालले बताए । उनका अनुसार एउटा नागरिकलाई दुःख पर्दा सबैले मलहम लगाउनु पर्ने भन्दै आफुले पनि सानो सहयोग गरेको भुषालले बताए । केन्द्रका अध्यक्ष शरद थापा, कार्यकारी निर्देशक भुषाल, सदस्य राकेश बस्नेत, कालीका–मालिका यातायात प्रालिका अध्यक्ष सुमन पोख्रेल, राष्ट्रिय अभिभावक संघ प्रदेश नं. ५ का संयोजक भुमाण्डप केसी, सामाजिक परिचालक यमप्रसाद खराल, परामर्सकर्ता धर्मराज घर्ती, बसन्तबहादुर पुनसहितको टोलीले खनालकै घरमा पुगेर उक्त रकम सहयोग गरेका हुन् ।

३२ बर्षीय खनालको गतबर्ष पुसमा बिद्यालयबाट मोटरसाईकलमा घरतर्फ जाँदै गरेको अबस्थामा भारतीय गाडिले ठक्कर दिदा खुट्टामा गम्भीर चोट लागेको थियो । उनको उपचार जारी छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस