२०७९ माघ २४, मंगलबार

मोतिपुरवासीले भने “अब बल्ल ज्यानको आश भो”

चैत्र ११, २०७५  | ११६१ पटक पढिएको

११ चैत्र, तुलसीपुर (दाङ) / तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ मोतिपुरवासीले बबई नदीको किनारमा बनेको तारजालीको तटबन्ध देखेपछि खुसीले भने “यो वर्षामा बल्ल राम्रोसँग सुत्न पाइने भयो” । वर्षातको समयमा सधै त्रासमा बाँच्न वाध्य मोतिपुरवासी तटबन्ध निर्माणसँगै खुसी भएका छन् । “सरकारले बेलौमा गुनासो सुनेर काम गर्यो वल्ल वाँच्न पाइने भइयो” स्थानीय बुद्धिराम चौधरीले भने ।
यसैविच स्थानीय तिलकबहादुर बस्नेतको अगुवाइमा निर्माणाधिन वाँधको निरिक्षण समेत गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नगरप्रवक्ता श्याम डाँगी र वडा नम्वर ११ का वडाध्यक्ष चित्रबहादुर वलीले बाँधको निरिक्षण गरेका थिए । बाँधको निरिक्षण गर्दै नगरप्रमुख पाण्डेले तत्काल बाँकी काम सक्नका लागि ठेकेदारलाई निर्देशन दिएका थिए । उनले वाढीपिडितहरुलाई राहत वितरण र घर निर्माणका लागि पहल भइरहेको समेत जानकारी दिए । “हामीले केन्द्रमा सबै कुरा लेखेर पठाएका छौँ, तत्काल राहत आउने छ” उनले भने ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले वाँध निर्माणको क्षेत्र केही वनमा पर्ने भएकाले त्यसको समाधानका लागि पहल गर्ने बताए । उनले राहत वितरणका लागि वाढीपिडितलाई राहतका लागि निवेदन संकलन समेत भइरको भन्दै छुटेकालाई निवेदन दिनका लागि आग्रह गरे । उनले बन्द अवस्थामा रहेको तटबन्ध निर्माणको काम वर्षात अगाडि नै सम्पन्न हुने गरी अगाडि बढाउन ठेकेदारलाई निर्देशन समेत दिएका थिए । सो अवसरमा स्थानीय समाजसेवी तिलक बहादुर बस्नेतले वर्षा अगाडि नै तटबन्ध निर्माणका काम सम्पन्न गर्नका लागि आग्रह गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस