२०७९ माघ १७, मंगलबार

जलेर नाबालिकाको मृत्यु

चैत्र ११, २०७५  | ११६७ पटक पढिएको

११ चैत, दाङ / दाङमा एक नाबालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहका अनुसार राप्ती गाउँपालिका–१ बगाहसोती निवासी हिमाल राना मगरकी एक महीनाकी छोरी सङ्गीताको जलेर मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक शाहले हिमालका अन्दाजी ४ वर्षीय छोरा अमितले उनकी बहिनी सङ्गीता सुतिरहेको कपडामा खेल्ने क्रममा आइतबार बेलुका ७:३० बजे सलाइ कोर्दा आगलागी भएको र जलेर गम्भीर घाइते भएकी नाबालिकाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस