विजौरी उद्योग वाणिज्य संघमा सल्लाहकारहरु चयन

फागुन १७, २०७६  |  २०० पटक पढिएको  |   साक्षी खबर

बिजौरी/
बिजौरी उद्योग वाणिज्य संघको दोश्रो वैठक सनिबार विजौरीमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा वसेको वैठकले निम्न निर्णयहरु गरेको महासचिव विदुर गौतमले जानकारी दिएका छन् ।

वैठकले तिनवटा सल्लाहाकार चयन गरेको छ । प्रेस सल्लाहाकारमा राकेश बस्नेत, कानुनी सल्लाहाकारमा अधिबक्ता ललीत कुमार के.सी र सल्लाहाकार कमानसिंङ खड्का रहेका छन ।

बैठकले ६ वटा उपसमिति गठन गरिएको छ । जसमा वजार व्यवस्थापन उपसमितिमाका लागि दुर्गा बस्नेतको संयोजक दुई सदस्य यज्ञ पुन र इवा कुमारी लामिछाने रहेका छन । त्यसैगरि विवाद व्यवस्थापन उपसमितिमा शिवराज केसीको संयोजकत्वमा प्रेम वि.क.र खिम वहादुर वि.क.सदस्य रहेका छन् ।

आर्थिक व्यवस्थापन उपसमितिमा चित्र वहादुर खड्काको संयोजकत्वमा डिल्ली के.सी.र गोविन्द रोका सदस्य रहेका छन् । त्यसैगरि राजश्व व्यवस्थापन उपसमितिमा रेश्मीराज खड्काको संयोजकत्वमा कर्ण वहादुर वली र प्रेम वि.क.सदस्य रहेका छन्। त्यसै गरि अथिति व्यवस्थापन उपसमितिमा वालकृष्ण रेग्मीको संयोजकत्वमा यज्ञ पुन र इवा कुमारी लामिछाने सदस्य रहेकाछन् ।

यसवर्ष विजौरी वजारको पहिचान हुने गरि एक भित्तेपात्रो(क्यालेन्डर) पनि प्रकाशन गर्ने निर्णय पनि गरिएको महासचिव गौतमले जानकारी दिएका छन । जसको लागि क्यालेन्डर प्रकाशन उपसमितिमा अध्यक्ष प्रेमनाथ योगीको संयोजकत्वमा मुकेश वली, विदुर गौतम र चित्रवहादुर खड्का सदस्य रहेका छन् ।

वैठकले प्रत्येक शनिबार वजार वन्द गर्ने पुरानो निर्णयलाई यथावत राखेको छ । त्यसै गरि वजार राती ९ वजेसम्म मात्र खुल्ने निर्णय गरेको महासचिव गौतमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार