२०७९ माघ १३, शुक्रबार

“सांसद वलीको छोटो समयमै धेरै योगदान” – पाँच नं. प्रदेश सचिव शर्मा

चैत्र १०, २०७५  | ११३३ पटक पढिएको

१० चैत्र, दंगीशरण / नेपाल कम्यूनीष्ट पार्टिका केन्द्रिय सदस्य तथा ५ न. प्रदेश सचिव जग प्रशाद शर्माले स्व. माननीय उत्तर कुमार वलीको अधुरो रहेको सपनालाई साकार पार्ने कुरामा प्रदेश सरकार र केन्द्र लागि परेको बताए । पश्चिम क्षेत्रको केन्द्र बिन्दुका रुपमा रहेको सांसद वलीको छोटो समयमै धेरै योगदान रहेको भन्दै उनको निधनले पश्चिम बासी र पार्टिलाई ठूलो क्षेती पुगेको उनले बताए ।

नेपाल कम्यूनिष्ट पार्टि नेकपा दंगीशरण गाउँ पार्टि कमीटीले आज आईतबार दंगीशरणमा आयोजना गरेको पार्टि कमिटीको शपथ ग्रहन तथा प्रशिक्षण कार्यक्रममा प्रमूख अतीथीको आशनबाट बोल्दै उनले यस्तो बताएका हुन् । उनले ऐतीहासीक हिसाबले दंगीशरण गाउँपालिका परिचित रहेको कुरामा जोड दिदै अबका दिनमा समृद्ध दंगीशरण निर्माणका लागि आफुले केन्द्रमा पहल गर्ने बताए । कृषी, शिक्षा, स्वास्थ्यको तहमा परिवर्तन ल्याउनुपर्ने र ऐतिहासिक गाउँपालिकाको रुपमा परिचित गराउनुपर्ने बताए । लामो समयदेखि संघर्ष गरेर संघिय गणतान्त्रिक लोकतन्त्रमा आएको भन्दै समृद्ध नेपालको परिकल्पना गरेर पार्टि अगाडी आईपुगेको उनको जोड थियो । अब जनताको जिवन स्तर बदल्ने योजनाका साथ कम्यूनिष्ट पार्टि लागि परेको भन्दै सबैको साथ र सहयोगको अपेक्षा लिएको उनले बताए । सरकारले जनताले चाहेको जस्तो काम गर्न तत्काल नसकेपनि जनताले अनुभूति गर्नेगरि काम गर्ने र अप्ठ्यारा बाटाहरु सहज हुँदै जाने ठोकुवा गरे । विकास निर्माणलाई अभियानका रुपमा लिएर आज सपथ खाएका पार्टीका प्रतीनिधीलाई आग्रह गरे । संविधान संशोधन गरेर भएपनि विकास निर्माणको नीतिलाई लिएर पार्टि अगाडि बढेको उनले जनाए ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य भागवत विश्वासीले दंगीशरण गाउँपालिकाको विकास र समृद्धिका लागि केन्द बाट हुने कुनै पनि सहयोग गर्न पछाडि नहट्ने बताएका थिए । सो अवसरमा बोल्ने अन्य वक्ताहरुले प्रदेशले उत्तर कुमार वली सडक सुधार योजना अघि सारेको बताएका थिए । उनीहरुले उत्तर वलीले पश्चिमबासीका ले चाहेको सडक, सिचाई, खानेपानी जस्तो मुख्य योजनालाई सफल पार्ने तर्फ लाग्ने बताएका थिए । आज माननीय उत्तर वलीको निधन भएको १ महिना पूरा भएको अवसरमा नेकपाले आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा उत्तर वलीको अनुपस्थितिले पश्चिमबासीको मनमा छाएको निरासालाई आशामा बदल्ने बताएका थिए । अबको नेकपाको मूख्य उद्देश्य र लक्ष भनेको गरिवी उन्मुलन गर्न तर्फ लाग्ने र जनतालाई रोजगारमूखी बताउने भन्दै नेकपा लागिपरेको बताएका थिए । नेकपाले नेतृत्व गरेर पश्चिम क्षेत्रको जीवन स्तरलाई बदल्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टिका निर्मल आचार्य, नेकपा प्रदेश कमिटि सदस्य तथा कार्यदल सदस्य ईन्द्रजीत चौधरी, टिकाराम खड्का, सुवाष पुन, शिव कुमार आचार्य, भिम बहादुर वली, नेकपा सदस्य शारदा स्वर्णकार, राष्ट्रिय सभा सदस्य कोमल वली, नेकपाका नेता हुकुम बस्नेत, प्रतीनिधि सभा सदस्य हिरा चन्द्र के.सी, प्रदेश सभा सासंद माननीय धमकली चौधरी, तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, यूवा नेता रोमर्ष के.सी, मनीराम चौधरी, भिम बहादुर वली महेश, नेकपा नेतृ सिमा न्यौपाने, विमला वली, दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, जेष्ठ नागरिक टिकाराम चौधरी लगायतले सम्बोधन गरेका थिए ।

नेपाल कम्यूनिष्ट पार्टि नेकपा दंगीशरण गाउँ पार्टि कमीटीका अध्यक्ष भरत अधिकारीको अध्यक्ष्ता एंव केन्द्रीय सदस्य एंव ५ न. प्रदेश कमिटि सचिव जनप्रशाद शर्मा अपारको प्रमख आतिथ्यता तथा भागवत विश्वासीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल कम्यूनीष्ट पार्टिका केन्द्रिय सदस्य तथा ५ न. प्रदेश सचिव जग प्रशाद शर्माद्वारा दंगीशरण नेकपा गाउँ पार्टिका नेताहरुलाई सपथ ग्रहण गराईएको थियो ।

कार्यक्रममा मुलुकमा भएको जनआन्दोलन र जनयूद्धहरुमा शहिद भएका बेपत्ता भएका र घाइते योद्धाहरु सहिदहरु प्रती सम्मान व्यक्त गर्दै अभिनन्दन पत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेकपाका यूवा नेता एमएन शाहले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको शहजीकरण दंगीशरण नेकपाका सचिव धनविर चौधरीले गराएका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस