२०७९ माघ २६, बिहीबार

एसईई परीक्षा सुरू: दुधरास केन्द्रमा २३९ विद्यार्थी सहभागी

चैत्र १०, २०७५  | १३५३ पटक पढिएको

– कपिल लामिछाने
१० चैत्र, दाङ / विद्यार्थीहरुका लागी आईरन गेट मानिने एसईई परीक्षा आइतबारबाट सुरु भएको छ । जिल्ला विकास तथा समन्वय ईकाई दाङका अनुसार नियमित तर्फ ११ हजार ९५, तह वृद्धिका लागी ३ सय ६९ जना, खुलाबाट २ सय ८ जना र १ जना दृष्टिविहिनले परीक्षा दिन लागेका छन् ।

गतवर्ष ४३ केन्द्रहरु रहेकोमा अहिले १ थप गरी दाङमा ४४ केन्द्रबाट विद्यार्थीहरुले परीक्षा दिदैंछन् । दाङमा ९१ सामुदायिक र ९२ संस्थागत विद्यालयका विद्यार्थीहरु एसईई परीक्षामा सहभागी भएको शाखा अधिकृत देवमनी चौधरीले जानकारी दिएका छन् ।

त्यसैगरी ५ वटा विद्यालयका २३९ विद्यार्थी संलग्न रहेको मा.वि. दुधरासमा शान्त तथा भयरहित तरिकाले पहिलो दिनको परीक्षा सम्पन्न भएको छ । सबैभन्दा धेरै पशुपती विद्या आश्रम नारायणपुरका ९६ जना फोर्टिनाईन बोर्डिङका ५६ जना, मा.वि. भित्रि संक्रामका २५ जना, बालअमृत बोर्डिङका २३ जना र सहिद स्मृति प्रतिष्ठानका ३९ जनामा छात्रतर्फ १३९ र छात्रातर्फ १०० जना विद्यार्थीहरुले परीक्षामा सहभागिता जनाएको विद्यालयका प्रधानाध्यापक एवं केन्द्राअध्यक्ष हिम बहादुर भण्डारीले जानकारी दिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस