‘धुलो’ चलचित्रको ट्रेलर सार्वजनिक !

फागुन ०६, २०७६  |  ९० पटक पढिएको  |   साक्षी खबर

६ फागुन, काठमाडौँ / सामाजिक विषयवस्तुमा बनेको प्रद्युम्न मिश्र निर्देशित फिल्म ‘धुलो’ को ट्रेलर सार्वजनिक भएको छ ।

यही फागुन १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरमा बुद्धि तामाङ, अग्रज केसी र श्रृजना सुब्बालगायत फिचर्ड छन् ।

मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा गाडा चलाएर जीविकोपार्जन गर्ने पात्रको दुःख र संघर्ष देखाइएको छ ।

जीवनयापन गर्न गाडा चलाउनेको सपना, लक्ष्य, संघर्ष र जीवन शैलीलाई प्रस्तुत गरिएको फिल्म ‘धुलो’मा बुद्धि, अग्रज र श्रृजनासँगै प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बाल कलाकार सुदीप कार्कीको अभिनय छ । नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको फिल्ममा विशेष भूमिका रहेको निर्माण टिमले बताएको छ ।

ट्रेलर

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार