मोतियाबिन्दु भएका जेष्ठ नागरिकको निःशुल्क शल्यक्रिया

फागुन ०६, २०७६  |  ७७ पटक पढिएको  |   साक्षी खबर

६ फागुन, तुलसीपुर / यहाँका मोतियाबिन्दु भएका ३४ जना जेष्ठ नागरिकहरुको निःशुल्क शल्यक्रिया गरिएको छ । घोराही तथा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ का १६ जना र घोराही उपमहानगरपालिका वडा नं. ७ का १८ जना जेष्ठ नागरिकहरुको निःशुल्क शल्यक्रिया गरिएको नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिएका छन् । आर्थिक तथा विभिन्न कारणले आँखामा देखिएको मोतियान्दिुको शल्यक्रिया गर्न नपाएका विरामीहरुको स्थानीय सरकारको आर्थिक सहयोगमा राप्ती आँखा अस्पतालमा शल्यक्रिया गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकामा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया साझेदारी कार्यक्रम सञ्चालन भएसँगै उनीहरुलाई निःशुल्क शल्यक्रिया सेवा दिएको हो ।

घोराही उपमहानगरपालिकाले यस आर्थिक वर्ष १०० जना र तुलसीपुर उपमहानगरपालिकाले ५ वर्षका लागि आर्थिक अभावका कारण अन्धोपन भएर जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले मोतियाबिन्दुको शल्यक्रिया गर्नका लागि नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालसँग सम्झौता गरेका छन् ।

त्यसैबिच राप्ती आँखा अस्पतालमा एक कार्यक्रमकाबिच शल्यक्रिया गरिएका बिरामीहरुलाई निःशुल्क चश्मा तथा औषधी वितरण गरिएको छ ।

नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्का, चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाल, नेत्र विशषेज्ञ डा. सुरेश रसाइली लगायतलको टोलिले बिरामीहरुलाई चश्मा तथा औषधी वितरण गरेको थिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार