कप्तान डु प्लेसिसद्वारा टेष्ट र टी टवान्टी कप्तानबाट राजिनामा

फागुन ०५, २०७६  |  ६९ पटक पढिएको  |   साक्षी खबर

५ फागुन, काठमाडौं / दक्षिण अफ्रिकी क्रिकेट टोलीका कप्तान फाफ डु प्लेसिसले टेष्ट र टी ट्वान्टी कप्तानबाट राजिनामा दिएका छन् । ३५ वर्षीय डु प्लेसिसले युवा खेलाडीलाई नेतृत्व लिन प्रोत्साहन स्वरुप राजिनामा गरेको बताएका छन् ।

क्रिकेट साउथ अफ्रिकाले जनवरीमा डु प्लेसिसलाई आराम दिदै क्विन्टन डे ककलाई इंग्ल्याण्ड विरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीयको लागि कार्यवाहक कप्तानको जिम्मेवारी तोकेको थियो ।

दक्षिण अफ्रिकी क्रिकेटका निर्देशक ग्राहम स्मिथले टिम व्यवस्थापनले डे ककलाई नियमित कप्तानको जिम्मेवारी दिने तयारी गरेको बताएका थिए । ऐजन्सी

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार