विजौरी उवासंघमा चुनावी दौडाहामा, कस्ले मार्ला बाजी

फागुन ०४, २०७६  |  ५३७ पटक पढिएको  |   साक्षी खबर

साक्षी खबर
विजौरी, ४ माघ । विजौरी उवासंघमा चुनावी दौडाहा सुरु भएको छ । नेपाली कांग्रेस समर्थित विरेन्द्र खड्का नेतृत्वको प्यानल र नेकपा समर्थित प्रेमनाथ योगी नेतृत्वको प्यानल विभिन्न चुनावी एजेण्डा लिएर चुनावी घरदैलो अभियानमा जुटेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार लेखनाथ खत्री(पुण्टे) अध्यक्षको मत माग्न व्यावसायीको दैलोदैलोमा पुग्न थालेका छन् ।

यस अघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष समेत रहेका खत्री यो अधिवेशनमा अध्यक्षका प्रत्यासी बनेका हुन् ।
दुवै प्यानलका उम्मेदवारहरु आइतवार विजौरीको हाडिमे, कटिचौर, सक्राम, विजौरी बजार लगायतका क्षेत्रमा मतमाग्न घरदैलोमा छन् । कतिपय स्थानमा दुवै प्यानलका व्यवसायीको जम्काभेट पनि हुने गरेको दृश्य देखिन्थ्यो ।

दुवै प्यानलले अआफ्ना उम्मेदवारहरुलाइ साथमा लिएर घरदैलामो लागेको नेकपा समर्थित प्यानलका अध्यक्षका प्रत्यासी प्रेमनाथ योगीले भने । त्यसैगरी नेपाली कांग्रेस समर्थित विरेन्द्र खड्का नेतृत्वको प्यानल पनि सवै उम्मेदवारलाइ लिएर मत माग्न चुनावी घरदैलो अभियानमा छन् ।

विजौरी उद्योग वाणिज्य संघको नयां नेतृत्वको निर्वाचन आउंदो १० गते हुने भनिएपनि प्रदेश एक्स्पोका कारण फागुन ८ गतेनै हुने भएको छ । साविक विजौरीको सवै क्षेत्र र मानपुरको सवै क्षेत्र रहेको विजौरी उद्योग वाणिज्यसंघमा करीव ४ सय ६४ मतदाता रहेका छन् ।

विसं २०७० शालमा स्थापना भएको जिल्लाकै सवैभन्दा कान्छो विजौरी उवासंघको यो तेस्रो अधिवेशन हो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार