वेष्टइन्डिजका केस्रिक विलियम्स इपिएल खेल्न पोखरामा आबद्ध

फागुन ०४, २०७६  |  ६० पटक पढिएको  |   साक्षी खबर

४ फागुन, काठमाडौं / वेष्टइन्डिजका तिव्र गतिका बलर केस्रिक विलियम्स एभरेष्ट प्रिमियर लिग खेल्ने भएका छन् । उनलाई पोखरा राइनोजले अनुबन्धन गरेको छ ।

एभरेष्ट प्रिमियर लिगको आधिकारिक सामाजिक सञ्जालले विलियम्सको अनुबन्धनबारे पुष्टि गरेको हो । क्रिस गेल र ड्वायन स्मिथपछि एभरेष्ट प्रिमियर लिगका लागि अनुबन्धन हुने विलियम्स वेष्टइन्डिजका तेस्रो खेलाडी समेत हुन् हुन् ।

वेष्टइन्डिजको घरेलु लिगमा सेन्ट विन्सेन्टको प्रतिनिधित्व गर्ने ३० वर्षीय विलियम्स तिव्र गतिका बलर हुन् । उनले वेष्टइन्डिजका लागि आठवटा अन्तर्राष्ट्रिय एकदिवसीय र ८७ वटा घरेलु टी ट्वान्टी म्याच खेलिसकेका छन् । अन्तर्राष्ट्रिय एकदिवसीयमा नौ विकेट लिएका विलियम्सको सबैभन्दा उत्कृष्ट बलिङ तथ्याङ्क ४३ रन खर्चेर चार विकेट हो ।

पछिल्लोपटक २०१९ को डिसेम्बरमा भारत विरुद्ध मुम्बई र तिरुवनन्तपूरममा उनले दुई खेलमा तीन विकेट लिएका थिए । उनले सन् २०१७ मा भारत विरुद्ध नै अन्तर्राष्ट्रिय एकदिवसीयको पहिलो म्याच खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार