त्रिपक्षीय भिडन्तमा उम्मेदवारी दर्ता

फागुन ०२, २०७६  |  ११५ पटक पढिएको  |   साक्षी खबर

०२ फाल्गुण बिजौरी/बिजौरी उद्योग वािणज्य संघको फाल्गुण ८ गते हुने चुनावको लागि आज उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिको कार्यतालिका अुनसार २ गते शुक्रबार दिउँसो १२ बजेदेखि बेलुकाको ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरेको थियो । सर्वसहमतिमा कार्यसमिति चयन हुन नसकेपछि संघमा निर्वाचन हुन लागेको हो ।


उम्मेदवारी दर्ता गर्नेहरुमा नेकपाबाट अध्यक्ष पदको लागि प्रेमनाथ योगी, वाणिज्य उपाध्यक्षमा पूर्ण बहादुर डाँगी, उद्योग उपाध्यक्षमा रामबहादुर डाँगी (बादलपारी), महासचिवमा दुर्गाबहादुर विक, कोषाध्यक्षमा च्यावन उपाध्याय, सचिवमा यज्ञबहादुर पुन, महिला सदस्यमा बविता केसी (बली), उद्योग सदस्यमा खिमबहादुुर विक र सदस्यहरुमा रबिन बस्नेत, कमलकुमार विष्ट, गोविन्द बहादुर रोका, प्रेमबहादुर विक, मिनबहादुर बस्नेत र डंकबहादुर वली रहेका छन् ।


त्यस्तै नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदमा बिरेन्द्र खड्का, वाणिज्य उपाध्यक्षमा दुर्गा बस्नेत, उद्योग उपाध्यक्षमा बालकृष्ण रेग्मी (शम्भु), महासचिवमा विदुर गौतम, कोषाध्यक्षमा चित्रबहादुर खड्का, सचिवमा दिपककुमार बस्नेत, महिला सदस्यमा इवा कुमारी लामिछाने, उद्योग सदस्यमा श्रीप्रसाद चौधरी र सदस्यहरुमा देवबहादुर डाँगी, शिवराज खत्री, रेश्मीराज खड्का, डिल्लीबहादुर खत्री, लिलाधर वली, कर्णबहादुर वली रहेका छन् भने स्वतन्त्र उम्मेदवारीबाट अध्यक्ष पदका लागि लेखनाथ खत्री (पुन्टे)को उम्मेदवारी दर्ता भएको बिजौरी उद्योग वाणिज्य संघ निर्वाचन समितिका संयोजक प्रकाश रेग्मीले जानकरी दिएका छन् ।

त्यस्तै निर्वाचन समितिका अनुसार फागुन ८ गते विहान ८ बजेदेखि सरु हुने निर्वाचनमा ४ सय ६२ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार