जनप्रतिनिधि र शिक्षकबिच प्रारम्भिक कक्षा पढाईबारे छलफल

फागुन ०२, २०७६  |  २२७ पटक पढिएको

दिप्तीशिखा चौधरी, ०२ फाल्गुन दंगीशरण/दंगीशरण गाउँपालिकाका जनप्रतिनीधि र शिक्षासम्बद्ध पदाधिकारीले विद्यार्थीहरुलाई कसरी शिक्षण गराउँने भन्ने विषयमा ज्ञान लिए । कक्षामा शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी बनाउँन शिक्षकले ध्यान दिनुपर्ने कुराहरुका बारेमा शिक्षकहरुले निश्कर्ष निकाले । कार्यक्रममा समुह बनाई निष्कर्ष निकालेका शिक्षकहरु प्रारम्भिक कक्षा पढाई कार्यक्रमको शिक्षण ढाँचा अनुसार तालीममा सिकेका कुराहरु धेरै नै शिक्षण विधिमा प्रयोग भएको , बालबालिकाहरुको मनोभावना अनुसार शिक्षण गरेको, ९० मिनेटको समय लिएको , बालमैत्री बसाई अनुसार पठनपाठन गराएको, स्थानीय सामग्री पर्याप्त मात्रामा भएको , विद्यार्थीको उमेरगत कक्षागत विद्यार्थी भएको, पढाइ कुनाको व्यवस्था रहेको, कक्षाकोठा छापामय भएको, विद्यालय अनुगमन र सल्लाह सुझाव अभिलेख राख्ने गरेको उनीहरुले चार्ट विधिमार्फत देखाए । प्रारम्भिक कक्षा पढाई कार्यक्रमको निरन्तरताबाट बालबालिकालाई विद्यालयमा नियमीत गराउँन, अभिभावकहरुको पढाईप्रति हेर्ने दृष्टिकोणमा सुधार ल्याउँन विद्यार्थी सिकाई उपलब्धिमा सुधार ल्याउँन, विद्यालय, अभिभावकबिच सम्बन्ध स्थापित गर्न, सन्दर्भ सामग्रीको प्रयोग गर्न सहयोग पु¥याएको बारे जानकारी समेत दिए । कार्यक्रममा उपस्थित शिक्षकहरुले शिक्षण सिकाई क्रियाकलापमा प्रयोगमा आउँने सामग्री शिक्षक निर्देशिका किताव, अभ्यास पुस्तिका, पिन ह्वील चार्ट, झ्यालेपत्ती, ठूलो किताब, नेपाली वर्णमाला, वर्णपत्ती लगायतका सन्दर्भ सामग्रीका बारेमा समेत जानकारी लिए ।

कार्यक्रममा दंगीशरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारी, शिक्षा विकास तथा समन्वय ईकाई दाङ्गका देवमणि चौधरी, तुलसीपुर उपमहानगरपालिकाका शिक्षा प्रमुख चक्र बहादुर भण्डारी, प्रारम्भिक कक्षा पढाई कार्यक्रमका कार्यक्रम अधिकृत पुरुषेत्तम गिरी लगायतकाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा दंगीशरण गाउँपालिकाले जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुको तिन दिने क्षमता विकास कार्यशालापछि विविध विषयमा कार्ययोजना समेत तयार पारेको छ । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा भएको भएको कार्यक्रममा अध्यक्ष चौधरीले शिक्षालाई प्राथमिकता दिएर गाउँपालिका अगाडि बढेको भन्दै अवका दिनमा शिक्षक र अभिभावक सुधारमा र गाउँपालिका आर्थिक रुपमा अगाडि बढे थोरै समयमा शिक्षा सुधार हुने बताए । यस्तै उपाध्यक्ष पिमा कुमारी खड्काले अझै पनि विद्यालयले शिक्षण सामग्री प्रयोगमा नल्याई अध्यापन गराईरहेको भन्दै भोलीको नतिजामा कस्तो आउँला भन्ने तर्फ ध्यान दिनुपर्ने बताईन् । यस्तै गाउँपालिकाका प्रवक्ता विर बहादुर वलीले प्रारम्भिक कक्षा पढाई कार्यक्रम लागु नगरेरै विद्यालय संचालनमा रहेकाले विद्यालयले राम्रो नतिजा नल्याएको बताए । योजनाबद्ध ढंगले अगाडि बढेमा सामुदायिक विद्यालयको भविष्य राम्रो हुने उनको भनाई थियो । कार्यक्रकको उद्देश्य माथी कल्लु चौधरीले प्रकाश पारेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख विनोद अधिकारीले गरेका थिए । कार्यक्रममा दंगीशरण गाउँपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार