प्रधानमन्त्रीको सम्बोधन भोलि हुने

फागुन ०२, २०७६  |  ३४ पटक पढिएको  |   साक्षी खबर

०२ फाल्गुण काठमाडौं /प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकाल दुई वर्ष पुगेको अवसरमा सरकारका उपलब्धीबारे शुक्रबार प्रतिनिधिसभालाई जानकारी गराउने कार्यसूची रहेको थियो तर कांग्रेसका नेताको निधनका कारण शनिबार सम्बोधन गर्ने भनिएको छ ।

संघीय संसदका बहालवाला राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि सम्बोधन स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सल्लाहकार थापाले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सम्बोधन शनिबार बिहान ११ बजे गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार