कुवेतमा दाङका चौधरी सहित छ नेपालीको मृत्यु

फागुन ०२, २०७६  |  ८७ पटक पढिएको  |   साक्षी खबर

०२ फाल्गुण काठमाडौं /कुवेतमा रहेको नेपाली दूतावासका अनुसार बालुवाको ढिस्कोले पुरिएर कुवेतमा दाङका एक जना सहित ६ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । मृत्यु हुनेमा दाङका श्याम नारायण चौधरी, पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी र ताप्लेजुङका वसन्त गुरुङ रहेका छन् । अन्य दुई जनाको पहिचान हुन बाँकी रहेको दूतावासले जनाएको छ ।

बालुवाको ढिस्कोले पुरिएर धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् । घाइतेमध्ये शाहको कुवेतको जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का सामान्य घाइते मण्डल उपचारपश्चात कम्पनीमा फर्केको दूतावासले जनाएको छ ।

उनीहरु कुवेतको ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्या्क्टिङ कम्पनी’मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत थिए । घटनास्थल दूतावासबाट झण्डै डेढ घण्टाको दुरीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार