राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सर्बोदय प्रथम

फागुन ०२, २०७६  |  ९७ पटक पढिएको  |   साक्षी खबर

०२ फाल्गुण दाङ /माघ २८ गतेदेखि सुरु भएको दाङको राप्ती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सर्बोदय माध्यमिक विद्यालय सिसहनियाले २५ पदक जित्न सफल भएको छ । विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै सर्बोदय स्कुल यस वर्षको रनिङ शिल्ड हात पार्न सफल भएको हो ।

सर्बोदय माध्यमिक विद्यालयले १० स्वर्ण, ९ रजत र ६ कास्य गरी २५ पदक हात पार्दै प्रथम भएको छ । त्यस्तै ज्ञानोदय माध्यमिक विद्यालय पत्थरगढवाले १० स्वर्ण, ६ रजत र ३ कास्य गरी १९ पदक हात परेर दोस्रो भएको छ । माध्यामीक विद्यालय मौरीघाट ५ स्वर्ण, ३ रजत र ५ कास्य गरि १३ पदक हात परेर तेस्रो भएको छ ।

साथै मुनलाईट सेकेन्डरी स्कुल लालमटियाले २ स्वर्ण, र १ कास्य गरि ३ पदक जिति सान्तोना स्थान प्राप्त गरेको छ । राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा छात्र र छात्रा तर्फ अलगअलग खेलहरु सममावेश गरिएको थियो । भविलल खेल छात्रा तर्फ ज्ञानोदय माध्यामीक विद्यालय पत्थरगढवा प्रथम, श्री सर्बोदय माध्यामिक विद्यालय सिसहनिया द्धितिय र मार्टिन एकेडेमी पत्थरगढवा तृतीय भएको छ ।

भलिबल, कवड्डी छात्रछात्रा, १०० मिटर दौड छात्राछात्र, २०० मिटर छात्राछात्र, ८०० मिटर छात्राछात्रा, १५०० मिटर दौड छात्राछात्र, सटफुट छात्राछात्र, लङजम्प छात्राछात्र, ज्यावलिङ थ्रो खेलको छात्राछात्र, ४०० मिटर ४ रिले दौड छात्राछात्र, ३००० मिटर दौड छात्रछात्रा तर्फका सम्पूर्ण खेलहरुमा सम्पन्न भएका छन् ।

राप्ती गाउँपालिका स्तरिय राष्ट्रपति रनिंग शिल्ड खेलकूद प्रतियोगितामा सफलता हात पारेका विद्यालय तथा विद्यार्थीहरुलाई गाउँपालिकाले नगद, प्रमाणपत्र, मेडल र शिल्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस