प्रदेश एक्स्पो वैठक एक्स्पोको वारेमा व्यापक वनाउ– मन्त्रि के.सी.

माघ २९, २०७६  |  १३२ पटक पढिएको

२९ गते, बेलझुण्डी,
एक्स्पोको वारेमा व्यापक वनाउन प्रदेश एक्स्पोका संयोजक तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीले जनप्रतिनिधि र सरकारी कार्यालयका प्रमुखहरुलाई आग्रह गर्नु भएको छ ।
यहि फागुन १०, ११ र १२ गते दाङको वेलझुण्डीमा हुने प्रदेश एक्स्पोलाई भव्य र सभ्य वनाउन दाङ जिल्लाका जनप्रतिनिधी र सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिदैं– यो क्षेत्रको पहिचान सँग पनि जोडिएकोले तपाई सवैले आआफ्नो क्षेत्रवाट प्रत्यक्ष सहयोग गर्न कञ्जुसाई नगर्नु होला भन्नु भयो। वैठकमा ८ वटा उपसमितिका वारेमा जानकारी दिइएको थियो । 

यस क्षेत्रमा हुन थालेको यो प्रदेश एक्स्पोमा ५ नम्बर प्रदेश भित्रका कला संस्कृति, उत्पादन, सिप, प्रविधि, मौलिक लोककला लगाएतका विषयमा जानकारी हुने मन्त्री केसीले वताउनु भएको थियो । उक्त बैठकमा प्रदेशसभा सदस्य अमरवहादुर डाँगीले यस क्षेत्रको गौरवको विषय भएकोले सबैले हातेमालो गरि यो कार्यक्रमलाई सफल वनाउनु पर्ने वताउनु भएको थियो ।

८ वटा उपसमितिले प्रदेश एक्स्पोलाई सफल वनाउनका लागि कुनै कसर वाँकी नराख्ने विभिन्न उपसमितिका सदस्हरुले वताएका थिए । 

तीन दिनसम्म चल्ने एक्स्पोमा प्रदेश ५ भित्र भएका शिक्षा, स्वास्थ्य, प्रविधि जस्ताको बारेमा समेत जानकारी गराइनेछ। त्यसैगरी मगर, थारू, अवध संस्कृतिको विशेष प्रस्तुति रहने छ भने सारङ्गी वाद्यवादन समेत राखिने भएको छ । प्रदेश ५ को कला संस्कृति झल्काउने २ सय जनाको विशेष टिम तयार पारेर प्रदर्शनी गरिने बताइएको छ ।
 

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार