हुलाकी सडक क्षेत्रमा पर्ने घर घरधनीहरु आफै भत्काउन थाले

माघ २९, २०७६  |  ७० पटक पढिएको  |   साक्षी खबर

२९ माघ, धनगढी / कैलालीमा निर्माणाधिन हुलाकी सडक क्षेत्रमा पर्ने घर घरधनीहुरु आफै भत्काउन शुरु गरेका छन् । घरधनी आफै घर भत्काउन लागेपछि सडकको स्तरवृद्धिमा सजिलो भएको हो ।

पहिले एक लेनको निर्माण भएको धनगढी उपमहानगरपालिकाको क्याम्पस चौकबाट मनहेरा (कालिका मन्दिर) सामको तीन किलोमिटर सडकलाई चार लेनको बनाउन लागेको हो । यो तीन किलोमिटर क्षेत्रमा पर्ने घर घरधनी धमाधम भत्काउन थालेका छन् ।

धनगढी उपमहानगरपालिकाको प्रमुख नृपबहादुर वड सडक क्षेत्रमा पर्ने घर घरधनीबात भत्काएर सहयोग गरेको कारण काम सजिलो हुने बताए ।

६ लेन सडक बिस्तार गर्दा सडक क्षेत्रको घर भत्काउदै आफै डोजरमा बसेर जवरजस्ती गर्नु परेको बताउँदै नगरप्रमुख वडले भने, तर क्याम्पस रोड मनहेरा क्षेत्रको घरधनी आफै घर भत्काउन जुटेका छन् ।

सडकको स्तरवृद्धिमा तत्काल घाटा भएपनि दुरगामी रुपमा फाईदा हुने नगरप्रमुख वडले भने, त्यसबाट विकास गर्नमा सहयोग मिलेको बताए ।

धनगढीमा भएको विकासमा सहयोग गर्ने घरधनी धन्यवादको पात्र हुन नगरप्रमुख वडले भने, नगरवासी सबैको विकासमा अवरोध नगरी यसेतो सहयोग गर्ने अनुरोध गरे ।

धनगढी उपमहानगरपालिका सहित जिल्लाको धेरै क्षेत्रमा भारतले कालोपत्रे गरेको ६९ किलोमिटर सडक खण्डलाई दुईबाट चार लेनसम्म स्तरवृद्धि गरिरहेको छ । सडकको स्तर वृद्धि गर्न लागेपछि सडक क्षेत्रमा पर्ने घर संरचना भत्काउन थालेको छ ।

सडकको क्षेत्राधिकार ३० मिटर कायम भएकोले आसपासको बनेको संरचना भत्काउन थालेको हुलाकी सडक योजना कार्यालय धनगढीको ईन्जिनियर तथा सूचना अधिकारी पदम मडैले बताए । उनले भने, स्थानीय आफ्नो संरचना आफै भत्काएर सहयोग करले गरेका छन् ।

धनगढी उप–महानगरपालिकाके क्याम्पस चौकबाट मनहेरा (कालिका मन्दिर) सम्मको तीन किलोमिटर सडकलाई चार लेन सहित र बाँकी खण्डलाई दुई लेनमा विस्तार गर्ने प्रक्रिया अगाडी बढाएको छ ।

बसन्तासम्मको २८ किलोमिटर र बसन्ताबाट शत्तिसम्मको बाँकी १३ किलोमिटर र लम्की–टीकापुर–शत्ति २८ किलोमिटर सडक खण्ड दुई लेनमा स्तरवृद्धि गर्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार