सिंहदरबार प्रवेश सहज बनाउन सांसद चौधरीको माग

माघ २९, २०७६  |  १०८ पटक पढिएको

२९, माघ काठमाडौं /नेकपा सचेतक सांसद शान्ता चौधरीले सर्वसाधरण नागरिकका लागि सिंहदरबार प्रवेश सहज बनाउन माग गरेकी छन्। प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा बोल्दै उनले सरकारले संघीयतामार्फत गाउँ गाउँमा सिंहदरबार पुर्याए पनि जनताले काठमाडौंको सिंहदरबार सजिलै हेर्न नपाएको बताइन्।

‘सर्वसाधरण जनतालाई पनि सिंहदरबार प्रवेश सहज गरियोस्। दिनको कम्तीमा २ घण्टा राष्ट्रिय परिचयपत्र देखाएर सिंहदरबार छिर्न दिऊँ’, उनले भनिन्, ‘यसो भएमा सिंहदरबार मेरो पनि हो भन्‍ने अनुभूति गराउँछ। सिंहदरबार गाउँ पुग्यो, तर जनताले सिंहदरबार देख्न नपाएकाले प्रवेशमा सहज बनाइयोस्।’

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार