आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालको जीत

माघ २९, २०७६  |  ५० पटक पढिएको  |   साक्षी खबर

२९ माघ काठमाडौं /आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले शानदार जीत निकालेको छ। उक्त खेलमा नेपालले अमेरिकालाई आठ विकेटले पराजित गरेको हो। नेपालका लागि पारस खड्काले २० रन बनाए भने दिपेन्द्रसिंह ऐरीले १५ रन बनाए। ओपनर ब्याट्सम्यान कप्तान ज्ञानेन्द्र मल्ल र सुबास खकुरेल गुमाएपछि दबाबमा नेपाल आएको थियो। नेपालले एक रन जोड्दा कप्तान मल्ललाई गुमाएको नेपालले सोही ओभरमा २ रन बनाउँदा अर्का ब्याट्सम्यान खकुरेललाई गुमायो। नेपालको पालीलाई पूर्वकप्तान खड्का र ऐरीले सम्हालेका थिए। ३६ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले ५ ओभर १ बलमा भेटाएको थियो।

यस अघि टस हारेर ब्याटिङ गरेको अमेरिका ३५ रन बनाउँदा अलआउट हुन पुग्यो। अमेरकाका लागि जेभियर मार्शलको १६ रन बाहेक अन्य कुनैले दोहोरो अ‌ंक बनाएनन्। अमेरिकाका चार खेलाडी शून्य रनमा आउट भए। नेपालका लागि सन्दीप लामिछाने चार र सुशन भारीले दुई विकेट लिएका छन्। सन्दीपले इयान होल्याण्डलाई पहिलो विकेटका रुपमा पेभिलियन फर्काएका थिए। दोस्रो विकेट भने सुशन भारीले लिए। अमेरिकको तेस्रो विकेट सन्दीपले नै लिए। चाथो विकेट सुशनका नाममा रहँदा क्रमण पाँचौ र छैठौं विकेट सन्दीपको नाममा रहयो। सन्दीपले पाँच ओभर बलिङ गर्दै एक मेडन ओभरका साथ १२ रनमात्र दिएका छन्। जारी एकदिवसीय शृंखलामा नेपाल र अमेरिकाको यो चौथो खेल हो। यसअघि अमेरिका ओमानसँग पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ९२ रनले पराजित भएको थियो भने नेपालसँग ३५ रनले पराजित भएको थियो। नेपाल पहिलो खेलमा ओमानसँग १८ रन र दोस्रो खेलमा आठ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार