दाङ एनप्याव्सनको ५ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा गौतम

माघ २९, २०७६  |  ८९ पटक पढिएको

२९ माघ, तुलसीपुर/ राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल (एनप्याव्सन) दाङको ५ औं जिल्ला अधिवेशनलेअध्यक्षमा बिमल गौतम सर्वसहमतिमा चयन भएका छन् ।

तुलसीपुरमा मंगलबार उद्घाटन भएको बन्द सत्रले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको थियो । विगत १८ वर्षदेखि शिक्षा क्षेत्रमा लागेका गौतम यसअघि २ कार्यकाल सचिव हुँदै वरिष्ठ उपाध्यक्ष समेत रहेका थिए । लामो समयसम्म पत्रकारिता क्षेत्रमा समेत क्रियाशील गौतम सम्राट बोर्डिङ स्कुलका प्रिन्सिपल पनि हुन ।

जसको उपाध्यक्षमा द्वय भोजराज न्यौपाने र भूमाण्डप केसीलाई चयन गरिएको छ । अधिवेशनले ठाकुर प्रसाद डाँगीलाई सचिव, कोषाध्यक्ष हरि प्रसाद भण्डारी, सह–सचिव बिक्रान्त ज्ञवाली र सह–कोषाध्यक्षमा भूवन वलीलाई चयन गरेको छ ।

त्यसैगरी समितिको सदस्यहरू शरद गौतम, सुभाष वली, नेवबहादुर खत्री, संगिता रोकाया, लिलाबहादुर खड्का, कुमार नेपाली, दिपककुमार यादब र लोकराज यादब चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार