२०७९ माघ १७, मंगलबार

राप्तीमा निगरानि समूहलाई सक्रिय बनाईदै

चैत्र १०, २०७५  | १३४५ पटक पढिएको

– तिर्थराज ज्ञवाली
१० चैत्र, मसुरीया (दाङ) / राप्ती गाउँपालिकामा लैङिगीक हिंसा विरुद्ध निगरानि समुहलाई सक्रिय बनाउन वडागत रुपमा गठित निगरानि समुहको नियमीत रुपमा बैठक बस्ने गरेको सहायक महिला विकास निरीक्षक विनिता अधिकारीले जानकारी दिएकी छिन्।

राप्ती गाउँपालिकामा विगतका वर्षहरुमा गठन भई पछिल्लो समयमा निस्कृय निगरानि समुहलाई राप्ती गाउँपालिकामा महिला तथा बालबालिका शाखा स्थापना भएपश्चात सहायक महिला विरीक्षकको रोहवरमा नौ वटै वडा मा निगरानि समुह गठन गरि लैङिगीक हिंसा विरुद्ध अभियान तथा खवरदारी गरिदै आईएको छ ।

महिला विकास निरीक्षक विनिता अधिकारीका अनुसार गठन भएका वडा गतरुपमा निगरानी समुहले आफ्नो टोल, गाउँ, वडामा महिला बालबालिका हिंसा, महिलालाई हुने दुर्वेवहार विरुद्ध जनचेतना जगाउने, सचेत गर्ने, पीडामा परेका लाई कानुनी उपचारका लागि सहयोग गर्ने, हिंसा नगर्ने र नसहन, १६ दिन लैङिगीक हिंसा विरुद्धको अभियानमा सक्रिय लाग्ने लगाएतका कार्य गर्दै आएको बताएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस