दिल्ली विधानसभामा आम आदमी पार्टी (आप) विजयी

माघ २९, २०७६  |  ५५ पटक पढिएको  |   साक्षी खबर

२९ माघ, काठमाडौं / भारतको राजधानी दिल्ली विधानसभामा भएको निर्वाचनमा सत्तारुढ दल आम आदमी पार्टी (आप)ले भारी सिटका साथ जितेको छ ।

भारतीय जनता पार्टी (भाजपा)ले भने संघीय सरकार चलाइरहँदा दिल्लीमा पुनः हार व्यहोरेको छ भने (आप)ले ७० सिटको लागि भएको निर्वाचनमा ६३ वटा सिटसहित विजयी भएको छ । यसअघि भएको चुनावमा जसरी आपले सिट संख्या जोगाउन भने सकेन । उक्त पार्टीले विगतमा ६७ वटा सिट जितेको थियो ।

भाजपाले ७ सिटमा चित्त बुझाउनुपरेको छ भने काँग्रेस पार्टी पुनः उक्त विधानसभामा निल हुनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार