तीन दिने समावेशी शिक्षा तथा अपांगता अभिमुखिकरण सम्बन्धि तालिम सम्पन्न

माघ २८, २०७६  |  ५३ पटक पढिएको  |   साक्षी खबर

२८ माघ, शान्तिनगर / मेलमिलाप अपाङ्गमैत्री अपाङ्ग अधिकार एवं समाज विकास संस्था शान्तिनगर दाङ्ग आयोजना एवं शान्तिनगर वडा नम्बर एकको कार्यालय र आइ एन एफको सहयोगमा तीन दिने समावेशी शिक्षा तथा अपांगता अभिमुखिकरण सम्बन्धि तालिम आज वडा नम्बर एकमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले लोकतन्त्रको सुन्दर पक्ष समावेशीकरण भएको हुनाले अपांगहरुलाई पनि राज्यको हरेक निकायमा सहभागीता गराउनुपर्ने बताएका थिए ।

साथै वक्ताहरुले अपांगता भएका व्यक्तिहरुलाई स्थानीय सरकारले उचित व्यवस्थापन गर्नुपर्ने बताएका थिए । संस्थाकि अध्यक्ष दिल कुमारी ओलिको अध्यक्षता एवं कार्यपालिका सदस्य बिमि कुमारी डाँगीको प्रमुख आतिथ्य र राष्ट्रिय अपांग संघका पूर्व केन्द्रिय उपाध्यक्ष देवि बहादुर पोख्रेलको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा आइ एन एफ कि सुभरभाइजर चित्रा राना, पुर्ण ओलि, खुम बहादुर ओलिले बोलेका थिए । २५ जना सहभागी रहेको तालिमको प्रशिक्षकमा देवि बहादुर पोख्रेल रहेका थिए, भने कार्यक्रमको संचालन दल बहादुर ओलिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार