शुल्क लिदैँ सामुदायीक विद्यालय

माघ २८, २०७६  |  ५६ पटक पढिएको  |   साक्षी खबर

– दिप्तीशिखा चौधरी
२८ माघ, दंगीशरण / बाल कल्वका अध्यक्ष खिम बहादुर बस्नेतले विद्यालयले विभीन्न विषय बनाई शुल्क लिईरहेको बताए । अभिभावक सहयोग स्वरुप शुल्क, विद्मालयमा आवश्यक स्रोत जुटाउन, फारम स्वरुप शुल्क, लिईरहेको बताए । यहि शुल्कका कारण अती विपन्न वर्गका विद्यार्थीहरु समस्या परेको उनले बताए । विद्यालयमा घोकन्ते भन्दा पनि व्यवहारिक शिक्षा दिन सक्नुपर्ने उनले तर्क गरे । स्थानीय तहको हक अधिकार प्रयोगमा ल्याउन जनप्रतिनिधीहरु बाक्लो रुपमा अनुगमन गर्नुपर्ने, शिक्षक दरबन्दि मिलान गर्नुपर्ने, अपाङ्गमैत्री र बालमैत्री कक्षाको व्यवस्था हुनुपर्ने बताए ।

यस्तै अभिभावक शुसीला चौधरी र अनिता चौधरीले विद्यालयले खाजा कार्यक्रम, निःशुल्क ड्रेसको व्यवस्था गरेपनि पढाई निःशुल्क नगरेको बताए । परीक्षा फिसको नाममा आफुले पैसा बुझाउँदै आएको बताईन । जनकल्याण मा.वि. शिव सुन्दरपुरका शिक्षक निम बहादुर के.सी.ले शिक्षक र विद्यालयलाई मात्र दोषी नदेखाएर यस विषयमा कानुनी प्रावधान ल्याउनुपर्ने बताए । १२ कक्षासम्म निःशुल्क भनिरहेको राज्यले आफै शुल्क लिईरहेको ठोकुवा गरे । अब संघ, प्रदेश र स्थानीयले यस विषयमा तोकेर प्रक्रिया अघि बढाउनुपर्ने बताए । बाँकि बेटारपुरका शिक्षक डमवर बहादुर बस्नेतले दरबन्दिमा शिक्षकको व्यवस्था गरे यो समस्या समाधान हुने बताए । गाउँपालिकाका प्रशासन प्रमुख यादव डाँगीले कानुनले निःशुल्क भनेपनि कुनै पनि बहानामा शुल्क लिन नहुने बताए । शान्तिनगर गाउँपालिका वडा नं. २ का अध्यक्ष फर्साराम डांगीले गाउँपालिकाले शिक्षा नियमावली बनाउँनुपर्ने आवश्यक रहेको बताए ।

लाईसेन्स बिना नै शिक्षक राख्नाले यस्तो खालको मिीया आएको उनले बताए । अब वडाले पनि यस विषयमा चिन्तीत हुनुपर्ने उनको भनाई थियो । वडा नं. ४ का अध्यक्ष घन बहादुर के।सी। ले दरबन्दी र वजेटको अभावका कारण विधालयको समस्या उस्ता उस्तै रहेको बताए । समाजमा वातावरणिय शिक्षाको विकाश सिडको आयोजना एवं जुरी नेपालको सहयोगमा दंगीशरण गाउँपालिका चखौरामा भएको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको अवस्था विषयक कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर बि.क.ले निजी स्रोतमा शिक्षक धेरै राखेकाले , पूर्ण रुपमा कार्यान्वयन गर्न वजेटको समस्या परेको बताए । उनले भने –“सामुदायीक विद्यालयमा निःशुल्क र गुणस्तर शिक्षा हुनुपर्छ यसका लागि सामाजीक सरोकारवालाहरु संग समन्वय गरेर नीति नियम बनाउँनुपर्छ र भुगोल हेरेर नीति नियम बनाउँदा सामुदायीक विद्यालयमा व्यवहारिक शिक्षा हुने थियो ।” कार्यक्रममा प्रमुख अतिथि दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले प्राविमा ५०, निमावी मा १३, मा.वि.मा ११ जना शिक्षक दरबन्दिमा रहेको जानकारी दिए ।

शिक्षाको गुणस्तरलाई माथि ल्याउँनका लागि अबको कार्यक्रम शिक्षामुखी हुने बताए । भनसुनको हाधारमा शिक्षक नराखेको र विधालयको शैक्षिक अविथालाई थप सुधार्नका लागि यो वर्ष विद्यालय पर्खालमुक्त गर्नका लागि काम अगाडि बढेको बताए । जसका लागि ८२ लाख वजेट छुट्याएको छ अध्यक्ष चौधरीले भने ।

यस्तै दंगीशरण गाउँपालिकाले कुल ३६ करोड वजेटको ७ करोड ३३ लाख बजेट शिक्षाको क्षेत्रमा विनियोजन गरेको छ । जसमा २० प्रतिशत हुन आउँछ भने शान्तिनगर गाउँपालिकाले ३६ करोड ४३ लाख बजेट मध्ये १ करोड ४६ लाख बजेट शिक्षाको क्षेत्रका लागि छुट्याएको छ । जसमा ४ प्रतिशत हुन आउँछ । समाजमा वातावरणिय शिक्षाको विकाश सिडको तथ्यांक अनुसार दंगीशरणमा १ वटा र शान्तिनगरको २ वटा विद्यालयमा कुनै पनि शुल्क नलीएको पाईएको छ । दंगीशरणको प्रा।वि कौवाद्धारी र शान्तिनगरको आधारभूत विधाय काशिपुर र प्राथमिक विद्यालय काशिपुर मात्र रहेको समाजमा वातावरणिय शिक्षाको विकासका कार्यक्रम संयोजक माधव चौधरीले जानकारी दिए ।

कार्यक्रममा विमला विश्वकर्माले शिक्षाका नितीगत व्यवस्था, नेपालको संविधान २०७२ र शिक्षा सम्बन्धि मौलिक हक, शिक्षा ऐन २०२८, निधि विद्यालयले धेरै सुन्न लिन नपाउने गाउँपालिका र नगरपालिकाको काम कर्तव्य लगायतका विषयमा जानकारी गराईएको थियो । सिड संस्थाका कार्यकारी निर्देशक भागिराम चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको शहजीकरण समाजमा वातावरणिय शिक्षाको विकासका कार्यक्रम संयोजक माधव चौधरीले गरेका थिए । कार्यक्रमको उद्देश्य माथि जुरी नेपालका अधिवक्ता विष्णु पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार