‘बैतडीमा पहिलो पटक नीजि लगानीमा आइसीयुसहितको अस्पताल स्थापना’

माघ २८, २०७६  |  १०७ पटक पढिएको

२८ माघ, बैतडी / बैतडीमा पहिलो पटक नीजि लगानीमा आइसीयुसहितको अस्पताल स्थापना भएको छ । वरिष्ठ सर्जन र स्त्रीरोग विशेषज्ञले सेवा दिने गरी निको अस्पतालको सोमबार उद्घाटन भएको छ ।

बैतडीको शाहीलेकमा सञ्चालनमा आएको अस्पताल फ्रान्सेली नागरिक डा. बर्नाड जेफको व्यक्तिगत लगानीमा अस्पताल सञ्चालनमा आएको हो ।

अस्पतालले जनरल सेवाका साथै सर्जरीलगायतका सेवा पनि प्रदान गरिने अस्पतालका डा. ग्रीसले बताइन् । कमजोर आर्थिक अवस्था भएका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने हिसाबले अस्पताल सञ्चालनमा ल्याइएको उनले बताइन् ।

आइसीयुसहित २५ शैयाको अनुमति पाएको अस्पतालले तत्काल १५ शैयाबाट सेवा सुरु गरेको अस्पताल व्यवस्थापन समितिका सदस्य राजेन्द्र खत्रीले बताए । न्यूनतम शुल्कमा सेवा दिने गरी अस्पताल सञ्चालनमा ल्याएको संचालकले बताएका छन् ।

जिल्लामा ठूलो अस्पताल नभएका बेला निजी क्षेत्रबाट खुलेको अस्पतालले उपचारका लागि भारत जाने बाध्यताको केही हद सम्म अन्त्य हुने स्थानीयले विश्वास लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार