बिजौरी उवासंघको निर्वाचनका लागि नेपाली कांग्रेसको उम्मेदवारी घोषणा

माघ २८, २०७६  |  ६९ पटक पढिएको  |   साक्षी खबर

२८ माघ, तुलसीपुर / यहि फागुन १० गते हुन गइरहेको बिजौरी उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेपाली कांग्रेसको एक भेलाले उम्मेद्वारीको लागि प्रजातान्त्रिक प्यानल गठन गरेको छ ।

मंगलवार बसेको एक भेलाले वर्तमान महासचिव विरेन्द्र खड्काको अध्यक्षतामा १४ कार्यसमिति सदस्य गठन गरेको छ ।

जसको वाणिज्य उपाध्यक्षमा दुर्गा बस्नेत, उद्योग उपाध्यक्षमा बालकृष्ण रेग्मी (शम्भु), महासचिवमा बिदुर गौतम, कोषाध्यक्षमा चित्रबहादुर खड्का, सचिवमा दिपककुमार बस्नेत रहेका छन् ।

त्यस्तै उद्योग सदस्यमा श्रीप्रसाद चौधरी, महिला सदस्यमा इवा लामिछाने (लक्ष्मी), वाणिज्य सदस्यहरुमा देवबहादुर डाँगी, शिवराज केसी, डिल्ली केसी, रेश्मीराज खड्का, कर्णबहादुर वलि रहेका छन् ।

साथै अध्यक्ष पदका उम्मेदवार विरेन्द्र खड्काले सम्पुर्ण उद्योगी, व्यापारीहरुको हक अधिकारका लागि यस प्रजातान्त्रिक प्यानलका उम्मेदवारहरुलाई विजयी गराउनुहुन अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार