दक्षिण कोरियाली चलचित्र प्यारासाइटले ओस्कर्स २०२० पुरस्कार जित्यो

माघ २७, २०७६  |  १५५ पटक पढिएको

२७ माघ, काठमाडौँ / दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ले यो वर्षको ओस्कर्समा उत्कृष्ट चलचित्रको पुरस्कार जितेर नयाँ कीर्तिमान बनाएको छ ।

सो चलचित्र उक्त पुरस्कार जित्ने अङ्ग्रेजीबाहेक अन्य भाषामा बनेको पहिलो चलचित्र हो ।

‘जोकर’ चलचित्रका लागि ओआकिन फिनिक्सले उत्कृष्ट नायक र ुजुडीु चलचित्रकी रेने जेल्वेगरले उत्कृष्ट नायिकाको पुरस्कार जितेका छन् ।

ब्र्याड पिटले ‘वन्स अपन अ टाइम इन हलिउड’का लागि उत्कृष्ट सहनायक र लोरा डेर्नले ‘म्यारिज स्टोरी’ का लागि उत्कृष्ट सहनायिकाको पुरस्कार हात पारेका छन् ।

प्यारासाइटले उत्कृष्ट निर्देशनसहित चारवटा उपाधि जित्यो भने साम मेन्डेसको ज्ञढज्ञठ चलचित्रले तीनवटा उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार