आदित्यको सबैभन्दा ठूलो ओपनर फिल्म ‘मलंग’

माघ २६, २०७६  |  ६८ पटक पढिएको  |   साक्षी खबर

ऐजन्सी, २६ माघ, काठमाडौँ / ‘आशिकी २’ फेम्ड निर्देशक मोहित सूरीको रोमान्टिक–थ्र‍िलर फिल्म ‘मलंग’ ले दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाको फाइदा बक्सअफिसमा उठाएको छ । फर्स्ट डे (शुक्रवार) राम्रो ओपनिङ गरेको फिल्मले दोस्रो दिन (शनिवार) कमाईमा ठूलो उछाल कायम गरेको छ । प्रदर्शनको पहिलो दिन ६ करोड ७१ लाख कमाएको फिल्मले दोस्रो दिन ८ करोड ८९ लाख कमाएको छ ।

‘मलंग’ अभिनेता आदित्यको फिल्म करिअरको पहिलो सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ । दोस्रो नम्बरमा ‘आशिकी २’ छ । यसले पहिलो दिन ६ करोड २५ लाखको व्यापार गरेको थियो । दिशा पाटनी र आदित्य रोय कपूर स्टारर ‘मलंग’लाई क्रिटिक्स र दर्शकबाट राम्रो प्रतिक्रिया मिलेको छ । विशेषगरि दर्शकले फिल्मको चक्मा दिने ट्विस्ट रुचाएका छन् ।

फिल्ममा आदित्य र दिशाका अलावा अनिल कपूर र कुणाल खेमूको पनि प्रमुख भूमिका छ । फिल्ममा भरपूर एक्सन, मसला, ट्विस्ट, बोल्डनेस र रोमान्स सबै छ । निर्देशक मोहित सूरीले यो फिल्म आजका दर्शकलाई ध्यानमा राखेर बनाएका छन् । ७ फेब्रअरीमा ‘मलंग’ सँगै ‘ह्याक्ड’ र ‘श‍िकारा’ पनि प्रदर्शनमा आएका छन् । तर, यी दुई फिल्मको व्यापार नाजुक छ ।

‘मलंग’ को मूलकथा अद्वैत आदित्य र सारा दिशाको वरिपरि घुमेको छ । यी दुई गोवा घुम्न निस्किएका हुन्छन् । केही दिन सँगै बसेपछि उनीहरुबीच प्रेम अंकुराउँछ । तर, क्रिसमसको साँझ यो कपलमाथि यस्तो भयानक घटना घट्छ, जसले ६ व्यक्तिको जिन्दगी बदलिन्छ । निकै सस्पेन्सफुल तरिकाबाट अगाडि बढेको फिल्म एक डेन्जरस आइडियासँगै अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार