तुलसीपुर ईप्रका दुई दिन बन्द हुने

माघ २६, २०७६  |  २६४ पटक पढिएको

२६ माघ, तुलसीपुर । फागुन १ गते देखि कार्यालय आफ्नै भवनमा सार्न लागिएको हुँदा तुलसीपुर ईलाका प्रशासन कार्यालय दुई दिन बन्द हुने भएको छ । यहि माघ २८ र २९ गते सेवा बन्द हुने कार्यालयका निमित्त प्रमुख श्रीधर टण्डनले जानकारी दिएका छन् ।

तुलसीपुर ५ राप्ती प्रादेशिक अस्पताल देखि उत्तर तर्फ रहेको नवनिर्मित भवनमा कार्यालय सार्न लागिएको उनले जानकारी दिएका छन् । तुलसीपुर ९ दोघरेमा रहेको कार्यालय स्थानान्तरण गर्नका लागि दुई दिन समय लाग्ने भएकाले सेवा बन्द हुने निमित्त प्रमुख टण्डनले जानकारी दिए ।

दुई दिनसम्म सेवा प्रभावित हुने भएकाले सेवाग्राहीमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थी रहेको उनले बताएका छन् । उक्त दिन कार्यालय खुला भएता पनि भौतिक सामाग्री सहित सम्पुर्ण समान सार्नु पर्ने भएकाले सेवा प्रभावित हुने भएको हो । फागुन १ गते देखी नयाँ भवनबाट नियमित सेवा प्रवाह गरिने छ । कार्यालय सरेपछि अधिकांस सेवाग्राहीलाई पाएक पर्नेछ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार