दाङका ३ ज्योतिष कलकत्तामा सम्मानित

माघ २६, २०७६  |  ३४२ पटक पढिएको

२६ माघ, दाङ/ दाङका तीन ज्योतिष अन्तर्राष्ट्रिय अवार्डबाट भारतको कलकत्तामा सम्मानित भएका छन् । ४३ औं अन्तर्राष्ट्रिय ज्योतिष तथा प्राच्य विद्या सम्मेलनको अवसरमा भारतको कलकत्तामा दाङ तीन ज्योतिष सम्मानित भएका हुन् । अवार्डबाट सम्मानित हुनेहरूमा प्रदेश नम्बर ५ नेपालबाट सहभागी भएका नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य ज्योतिषाचार्य केशव गौतम ‘ज्योतिष साथी’लाई डा. सि.भी. मेमोरियल अवार्ड र फलितज्योतिष शिरोमणिबाट सम्मानित, नेपाल ज्योतिष परिषद् प्रदेश ५ का वरिष्ठ उपाध्यक्ष ज्योतिषाचार्य मेघराज आचार्य ‘तुफान’लाई डा. एस. राधाकृष्ण एजुकेशन एक्सेलेन्स अवार्ड र ज्योतिष सिद्धनात शिरोमणिबाट सम्मानिथ र नेपाल ज्योतिष परिषद् प्रदेश नं ५ का महासचिव ज्योतिष पं ढुण्डिराज ज्ञवनलीलाई देश रत्न अवार्ड र ज्योतिष अलंकारबाट सम्मानित भएका छन् ।


विश्व ज्योतिष महासंघको तत्वावधान तथा इन्डियन इन्स्टिच्यूट या ओरिन्टेल हेरिटेज कलकत्ताको आयोजनामा फेव्रअरी ७ देखि १० सम्म जारी सम्मेलनमा भारतका १५ वटा विश्व विद्यालयका उपकुलपतिसहित विश्वका १८ भन्दा बढी राष्ट्रका ज्योतिष तथा अन्य विभिन्न विषयका विद्वानहरूको सहभागित रहेको छ । उक्त सम्मेलन प्रा.डा. रामकृष्ण शास्त्रीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार