२०७९ माघ १३, शुक्रबार

“लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ” : अध्यक्ष भवानी राणा

चैत्र ०९, २०७५  | १०५१ पटक पढिएको

– शरद रेग्मी
९ चैत्र, दाङ / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले निकट भविस्यमा नेपालमा हुन गैरहेको लगानी सम्मेलनले समृद्धिको ढोका खुल्ने बताएकि छिन् । रिपोर्टस् क्लव दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको साक्षत्कारमा अध्यक्ष राणाले सम्पूर्ण औद्योगिक पुर्वाधारहरु तयार गर्न व्यवसायीहरुले सरकारसँग हातेमालो गर्ने पनि उनले बताइन् । ‘दुइतिहाइको शक्तिशाली सरकार बनेको छ, अब समृद्धिको आन्दोलनमा ढुक्कसँग लाग्नुस्, अलमलिने अवस्था छैन’, अध्यक्ष राणाले भनिन् । संघियताको मर्मलाई ध्यान दिने हो भने पाँच नम्बर प्रदेशको केन्द्र हरेक दृष्टिकोणले दाङ उपयुक्त रहेको पनि उनले बताइन् । ‘पाँच नम्बर प्रदेशमा पिछडिएको बर्दिया छ, पूर्वि रुकुम छ, बर्दिया, बाँके र रुकुमलाई पनि विकासको मुल प्रवाहमा ल्याउन सकेमात्र संघियताको स्वाद आम नेपालीले अनुभूति गर्ने छन्’, अध्यक्ष राणाले भनिन्, त्यसकालागी दाङ भौगोलिक, पर्यावरणीय, धार्मिक, पर्यटकिय हरेक दृष्टिकोणले सम्भावना बोकेको जिल्ला हो ।’ साथै कैलाशधाम र स्वर्गद्वारीधामलाई जोड्न दाङ जोडिएको नयां रुट बनाउने सवालमा पनि उद्योग वाणिज्यसंघले केन्द्रमा समेत लविङ गरीरहेको पनि अध्यक्ष राणाले दावी गरिन् ।

रिपोर्टस् क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा राणाले पर्यटकिय पुर्वाधारकालागी उद्योग वाणिज्य महासंघकै समन्वयमा स्वर्गद्वारी केवलकारको सम्भाव्यता अध्ययन समेत भैसकेको उनले बताइन् । निकट भविष्यमै हुन थालेको लगानी सम्मेलनमा पनि स्वर्गद्वारी केवलकारको विषयलाई महत्वका साथ उठाउने उनको भनाई थियो ।

मुलुकमा भएको राजनीतिक परिवर्तनमा निजि क्षेत्रको अग्र भूमिका रहेको भन्दै नयाँ संघात्मक अभ्यासमा व्यवसायीलाई नयाँ अवसर आएको पनि अध्यक्ष राणाले बताइन् । ‘मुलुकमा सायद सबैभन्दा बलियो दुइतिहाई बहुमतको सरकार हामीले पाएका छौं, अब सरकारले समृद्धिको आन्दोलनलाई अघि बढाउने पर्दछ’, अध्यक्ष राणाले भनिन्, त्यसकालागी उद्योग वाणिज्य महासंघ सरकारसँग हातेमालो गर्न तयार छ ।’ दुइतिहाई बहुमतको सरकार समृद्धिका सवालमा अझैपनि अलमलमा परेको बताउँदै उद्योग वाणिज्य महासंघले सरकारलाई आर्थिक समृद्धिको खाका पनि बुझाइसकिएको दावी गरिन् । उद्योग व्यापार नीतिमा धेरै नीतिगत जटिलताहरु रहेको भन्दै अध्यक्ष राणाले त्यस्ता त्रुटिहरुको समाधान गर्न आवश्यक नीति ल्याउन सरकारलाई सुझाव दिइएको पनि बताइन् ।

साथै आम व्यवसायीहरुले राज्यको दोहोरो करप्रति गुनासो गरिरहेको अवस्थामा एकिकृत कर प्रणालिको अवधारणा पनि वर्तमान सरकारका अर्थमन्त्रीलाई महासंघले बुझाइसकेको पनि उनको दावी थियो । त्यसैगरी उनले स्थानीय सरकारदेखि केन्द्रिय सरकार सम्मै अहिले सुशासनका विषयमा टिकाटिप्पणिहरु भईरहेको भन्दै शुसासनलाई पहिलो प्राथमिकता दिन पनि सरकारलाई आग्रह गरिन् । स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख वक्ता राणाले सरकारले महिला उद्यमीहरुको प्रवद्र्धनकालागि राष्ट्रपति महिला उद्यमी कार्यक्रम ल्याइसकेको भन्दै त्यसमा सहभागि हुन पनि महिला उद्यमीहरुलाइ आग्रह गरिन् । त्यसकालागी उद्यमी महिलाहरुलाइ एउटा औद्योगिक कार्यक्रम ल्याएर महासंघमा आए त्यसमा पहल गर्ने पनि राणाले बताइन् ।

एक अर्को प्रसंगमा च्याम्वर अफ कमर्श उद्योग वाणिज्य संघको प्रतिद्वन्द्वी तथा वैकल्पिक संस्था नभएको दावी गरिन् । ‘आमा संस्था मेटिंदैन, हाम्रा वीङ्सहरु विदेशमा समेत फैलिइसकेका छन्’, अध्यक्ष राणाले भनिन् उद्योग वाणिज्य संघको ५१ वर्षको इतिहासलाई कसैले पनि मेटाउन सक्दैन कार्यक्रमको सहजीकरण क्लवका महासचिव विमल गौतमले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस