चीनमा कोरोनाबाट मर्नेको संख्या ४ सय २५ पुग्यो

माघ २२, २०७६  |  ४६ पटक पढिएको  |   साक्षी खबर

२२ माघ एजेन्सी । चीनमा मृत्यु हुनेको संख्या ४ सय २५ पुगेसँगै हङकङमा कोरोना भाइरसबाट एक जनानको मृत्यु भएको छ । चीनको वुहानबाट फर्किय लगत्तै ती व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।

चीन बाहिर कोरोना भाइरसका कारण मृत्यु भएको यो दोस्रो घटना हो । यसअघि आइतबार फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो । यसैबीच चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पछिल्लो समय ६४ जनाको मृत्यु भएको नयाँ आँकडा सार्वजनिक गरेको छ ।

वुहानमा मात्र करिव २० हजार ५ सय जना प्रभावित भएको बताइएको छ । यसअघि सोमबार बसेको पोलिटव्यूरो स्थायी समितिले प्रकोप नियन्त्रणमा भएको कमजोरी सुधार गर्ने निर्णय भएको थियो ।

विश्वका विभिन्न मुलुकहरुले आफ्ना नागरिक चीनबाट फिर्त बोलाउन थालेका छन् । तर चीन सरकारले कोरोना प्रभावित शहरहरुमा यात्रा गर्न प्रतिवन्ध लगाएको बताइएको छ ।

यता, विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसले विश्वभरी महामारीको रूप नलिएको जनाएको छ । डब्लुएचओले संक्रमणको माहामारीको अवस्थामा नभएपनि जोखिमको बहुकेन्द्रित चरणमा रहेको स्पष्ट पारेको छ ।विश्वका करिब दुई दर्जन मुलुकमा संक्रमण फैलिएपनि महामारीको रूपमा नरहेको डब्लुएचओको दावी छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार