२०७९ माघ १३, शुक्रबार

तुलसीपुरमा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चैत्र ०९, २०७५  | ११३७ पटक पढिएको

९ चैत्र, तुलसीपुर / तुलसीपुर २ नन्द्रागाउँमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण ६ थपगाउँ निवासी १८ गोरख चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुरबाट पश्चिम तर्फ गइरहेको रा१च३४६ र पश्चिमाट पूर्व तर्फ गइरहेको बा ९७ प ८५६२ नम्बरको मोटरसाईकल तुलसीपुर २ नन्दागाउँ नजिकै शनिवार विहान ७ बजेतिर एक आपसमा ठोक्कीदा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । मृतकको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस