सबै महिलाहरु आत्मनिर्भर हुनुपर्छ : श्वेता खड्का

माघ १९, २०७६  |  ५१ पटक पढिएको  |   साक्षी खबर

१९ माघ, काठमाडौँ । अभिनेत्री श्वेता खड्का २ वर्षदेखि काँचको पर्दामा देखिएकी छैनन् । फिल्म ‘कान्छी’ प्रदर्शनमा आएको लामो समय भैसके पनि उनी पर्दामा फर्किन हतार गरेकी छैनन् । यस वर्ष उनले ‘हेल्लो जिन्दगी’ नामक फिल्म साइन गरेकी थिइन् । तर, घाँटीमा पलाएको ट्यूमरको शल्यक्रिया गर्नुपरेपछि उनले फिल्मबाट हात झिकिन् । यसपछि उनी कुनै फिल्ममा अनुबन्ध भएकी छैनन् ।

आजभोली अभिनेत्री श्वेता अभिनयभन्दा आफ्नो व्यवसाय र सामाजिक काममा बढी सक्रिय छिन् । राजधानीमा हिमालयन जाभाका केही आउटलेटहरु खोलिसकेकी उनले सिन्धुपाल्चोकमा एकीकृत माझी बस्ती निर्माण पनि गरिरहेकी छन् । यसबीच, उनले शनिवार कलंकीमा सञ्चालनमा आएको मायाज् ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको चौथो शाखाको उद्घाटन गरेकी छन् ।

सौन्दर्य क्षेत्रमा २० वर्षभन्दा बढी समय बिताइसकेकी सौन्दर्यकर्मी गीता गिरीले कलंकीमा मायाज् ब्यूटी पार्लरको शाखा सञ्चालनमा ल्याएकी हुन् । गीताले आफ्नो ब्यूटी पार्लरको हरेक नयाँ शाखाको नेपाली फिल्म क्षेत्रका व्यक्तिबाट उद्घाटन गर्दै आएकी छन् । उनले बानेश्वर शाखा अभिनेत्री संचिता लुइँटेल र लगनखेल शाखा अभिनेत्री वर्षा सिवाकोटीबाट उद्घाटन गराएकी थिइन् ।

कलंकी शाखाको उद्घाटन गर्दै अभिनेत्री स्वेताले व्यूटी सेलिब्रेटी मात्र हुनुपर्छ भन्ने नभएको बताइन् । उनले भनिन्, ‘सेलिब्रेटी मात्र राम्रो हुनुपर्छ भन्ने छैन । हामी सबै राम्रो हुनुपर्छ । सबैले मेन्टेन गर्नुपर्छ । मेरो विचारमा चाहिँ सबै महिलाहरु आत्मनिर्भर हुनुपर्छ ।’ कलंकी शाखा शुभारम्भको अवसरमा सबै सेवा सुविधामा विशेष छुट गरिएको पार्लरकी सञ्चालिका गीता गिरीले बताइन् । साभार फिल्मीखबरबाट

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार