हिजका सहिद र आजको प्रजातन्त्र

माघ १५, २०७६  |  १२० पटक पढिएको  |   साक्षी खबर

अन्नपूर्णा पोख्रेल,१५, माघ/ वि.सं. १९०३ मा कास्की र लमजुङको राजा सहिद श्री ३ महाराजको पञ्चापत्र जंगबहादुर राणाले प्राप्त गरेपछि नेपालमा राणा शासनको सुरुवात हुन जान्छ । वि.सं. १८२५ मा नेपाल एकीकरण गरिएका राजा पृथ्वीनारायण शाहबाट सानातिना भूरे टाकुरे राजाहरुको अवसान भएको थियो । यो क्रम उनका उत्तराधिकारी बहादुर शाहसम्म जाँदा पूर्वको टिष्टा र पश्चिमको काँगडासम्म विशाल नेपालको निर्माण हुन पुग्यो । तर वि.सं. १८७२ को सुगौली सन्धीले यसलाई खुम्च्याइदियो ।

नेपाली जनमानसमा यसको ठूलो धक्का महसुस भयो । हिज एकीकरणका लागि उठेका हतियार, खुँडा, तरवार आज आफ्नै भाइ भारदार माथि चल्न थाले । कोतपर्व भण्डार खाल पर्व यसैका परिणाम थिए । एकीकरण अभियान खुम्चियो । हिज देश निर्माणमा लडेका योद्धाहरु आफु आफुमै मारिए, देश रगताम्य बन्यो । यसै अवसरमा उदाएका जंगबहादुर र उनका वंशजको शासन सुरुवात भयो । यो क्रम वि.सं. २००७ सालसम्म चलिरह्यो । राजा नाम मात्रका थिए । कार्यकारी अधिकार श्री ३ मा थियो । शासन व्यवस्था सुचारु थियो ।

तर समय एकैनास थिएन । परिवर्तनशील थियो । अंग्रेजको सम्राज्य र उपनिवेशहरुबाट विश्वका धेरै देशहरु स्वतन्त्र हुँदै थिए । भारतमा पनि अंग्रेज विरोधि आन्दोलनले सफलता पायो । चिनमा माओत्सेतुंको क्रान्तिले कम्युनिज्म ल्यायो । विकासका संरचनाहरु र ढाँचाहरु बदलिए । जनतामा राजनैतिक लहर र सचेतना बदलिए । नेपालमा पनि प्रजापरिषद् नामको संगठन खुल्यो । प्रजातन्त्र र विकासका लागि भन्दै अध्यक्ष टंकप्रसाद आचार्य बने । प्रजातनत्तको बाधक राणा शासनलाई मानियो र यसको उन्मुलनका लागि संघर्ष गर्ने निर्णय भयो । पर्चा पम्प्लेट छरिए । यसका नेता र नाइकेहरुलाई धरपकड गरियो । कडा दमनको बाटो अपनाइयो । ब्राह्मण भएकाले टंक प्रसाद आचार्य लगायतका दुई चार नेताहरु कपालको चारमुण्डन गरी देश निकाला गरियो । (त्यतिबेलाको मान्याताले ब्राह्मण बध निषेध भएकाले) धर्मभक्त माथिमा, दशरथ चन्द, बुक्रराज शास्त्री र गंगालाई श्रेष्ठलाई सुलीमा चढाइयो । गणेहमान सिं भने चर्पीको प्वालबाट भाग्न सफल भए ।
यसैको फलस्वरुप वि.सं. २००७ साल फाल्गुन ७ गते नेपालमा राणा शासन ढल्यो र (प्रजातन्त्र) जनताकाृ निर्वाचित शासनको सुरुवात भयो । देश र जनताका लागि लडेका यी सहिद (धर्मभक्त, दशरथ चन्द, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठ)हरु कुनै पद र प्रतिष्ठाका लागि लडेका थिएनन् । बरु काजी पद (खाइपाइ आएको पद) छोडेर युद्धमा लडेका गणेशमान सिं, दक्षिण एसियाकै चर्चित बडिविल्डर र राजा त्रिभुवनका व्यायम शिक्षक धर्मभक्त माथेमा, समाज सुधारका लागि हिडेका शुक्रराज शास्त्री र राज परिवारमा जन्मेका दशरथ चन्द र सम्पन्न परिवारका गंगालाल श्रेष्ठ हाँसी हाँसी आफ्नो मान, पदवी त्यागेर निर्वाणका लागि हिडेका सन्यासी झै साहादत्त प्राप्त गरे । सिद्धान्तका लागि, आदर्शका लागि र देश निर्माणका लागि, यो त्यागको आदर्श थियो । यसैको फलस्वरुप जनताले भोट हाल्ने र आफ्नो शासक चुन्ने शासन व्यवस्थाको सुरुवात भयो । विचार बोक्नेहरु विचारसँगै मरे । आदर्शमा बाँच्नेहरु आदर्शमै मरे र तर उनका सन्ततिहरुसिद्धान्त बिनाको आदर्शलाई अंगालेर मनि र मसलले पनि सत्ताको सोपान चढ्न सकिन्छ भन्दै भोट किन्ने, नेता किन्ने, पद प्रतिष्ठामा पुग्ने, नराम्रो राजनैतिक विकारले प्रभावित छन् ।
आज सत्ताका लागि जुनसुकै हतकण्डा अपनाएर भए पनि, सत्तामा पुग्ने, जनतालाई ढाट्ने र देशका लागि सिन्को नभाच्ने जति, नाप्रतिनिधि र नायक छन् । देशमा दलीय व्यवस्था छ । यो मन नपरे अर्काे छ । तर सबै मान्यता एउछै छ फरक केही छैन । हिजका सहिदहरु आज बाँचेका भए हेर्थे होला । उनीहरुको सिद्धान्त मान्यता, अडान, देश र जनताका लागि कति थियो ? आज कति भयो ? – बिजौरी माझाघर

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार