चार हजार धरौटीमा गायिका आस्था राउत रिहा

माघ १४, २०७६  |  ६८ पटक पढिएको  |   साक्षी खबर

१४ माघ, काठमाडौं / जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई चार हजार रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ ।

राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो । गायिका आस्थाविरुद्ध त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचका क्रममा दुव्र्यव्वहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएपछि उनी विरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरिएको थियो ।

आस्था सोमबार आफैं प्रहरी परिसर काठमाडौंमा उपस्थित भएकी थिइन् । सोमबारै आस्थालाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएकोमा मंगलबार चार हजार रुपियाँ धरौटीमा रिहा गर्ने अनुमती दिएको हो । साभार गोरखापत्रअनलाइनबाट

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार