२०७९ माघ १७, मंगलबार

“सरुमारानीका दलितलाई सम्मानैसम्मान”

चैत्र ०७, २०७५  | १०६३ पटक पढिएको

– सागर रिजाल
७ चैत्र, प्युठान / समाजमा अझै पनि दलितलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन् । दलित भएकै कारण मानिसले छुवाछुत, अपहेलना जस्ता विषयमा दुख झेल्नुपरेको छ । यस्ता घट्नालाई अन्त्य गने उद्देश्यले सरुमारानी गाउँपालिकाले नयाँ अभियान स्वरुप ५४ औँ अन्तरराष्ट्रिय जातिय विभेद तथा रंगभेद उन्मुलन दिवसको अवसर पारि दलित लक्षित कार्यक्रम गरेको छ । सरुमारानी गाउँपालिकाको २ लाख रुपिँया सहयोगमा यो कार्यक्रम सम्पन्न गरेको हो ।

समाजमा अझैपनि दलितलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएकोले यो कार्यक्रम गरिएको समितिका अध्यक्ष पुर्खबहादुर सुनारले बताए । उनले अनुसार दलितलाई कामका आधारमा गरिने विभेद, जातका आधारमा गरिने विभेद अन्त्य गरिने देश्यले कार्यक्रम गरेको बताए । गाउँपालिका क्षेत्रका दलित र गैरदलितको उपस्थितिमा कार्यक्रम गरिएको उनले जानकारी गराए ।

दलित जाति अन्तर्गत पञ्चेबाजा सहितको नृत्यप्रस्तुति गरि कार्यक्रम गरिएको थियो । सामाजिक सदभाव, अन्तर्मुलन, सामाजिक सदभाव वृद्धि गर्ने, बहिष्करणमा पारिएका समुदायसँगै गैर दलित समुदायका नागरिकलाई पनि चेतनाको कार्यक्रम गरिने गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । समाजमा जातिय विभेद अझै छ त्यसलाई अन्त्य गर्ने उद्देश्यले जिल्लामै पहिलो र नयाँ कार्यक्रम गरेको उनले बताए । उनले भने,– ‘यो कार्यपछि नागरिकको प्रवृति फेरिने विश्वास लिएको छु । ’

५ नम्बर प्रदेशका सदस्य हरि रिजाल, संविधान सभा सदस्य धन बहादुर रायमाझी, नेपाल कम्युनिष्ट्र पार्टी प्रदेश सदस्य विजय विराज विष्ट, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृे, प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकी, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख शिव आचार्य लगायतको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

जातजाती बिचको विभेद अन्त्य हुनुपर्छ : वक्ताहरु
कार्यक्रममा बोल्ने वक्ताहरुले वर्गीय रुपले समाजमा जातिका नाममा गरिने विभेदको अन्त्य हुनेपर्ने बताएका छन् । देशमा ४५ देखि ५० लाखको हाराहारीमा दलित समुदायको बसोबास छ । यिनीहरुलाई जातिको रुपमा विभेद गर्ने हो भने समाज विकसित हुन नसक्ने नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) प्रदेश कमिटि सदस्य विजयविराज विष्टले बताए । उनले भने,– ‘देश परिवर्तन गर्न, नयाँ कानुन निर्माण गर्न र कार्यान्वयन गर्न दलितको सहयोग अपरिहार्य छ ।’ अझै पनि समाजमा दलित प्रति अन्याय, अत्याचार गरिन्छ, उनले भने,– ‘यसको अन्त्य गर्न हामी सबै एकजुट भएर लाग्नुपर्छ ।’ त्यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले दलित प्रति कसैले विभेद नगरि सबै समान भएर अगाडी बढ्न आग्रह गरेका छन् ।

दलितलाई सम्मानैसम्मान
कार्यक्रममा गाउँपालिकामा बसोबास गर्ने दलितलाई सम्मान गरिएको छ । प्रत्येक वडाका १/१ जना गरि ६ जना दलित जेष्ठ नागरिक, ९३ जना एकल दलित महिलालाई सम्मान गरिएको समितका अध्यक्ष सुनारले जानकारी दिए । उनीहरुलाई दोसल्ला, मच्छेडदानी दिएर सम्मान गरिएको थियो । गाउँपालिका भित्रका १२ पास गरि माथिल्लो कक्षामा प्रवेश गरेका ४० जना विद्यार्थीलाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रति विद्यार्थी नगद रु ३ सय रुपिँया दिएर सम्मान गरिएको थियो । ९३ जना एकल महिलालाई पनि सम्मान गरिएको हो ।उनीहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको अध्यक्षले जानकारी दिए । गाउँपालिकाको नेतृत्व गरेका १० जना जनप्रतिनिधिलाईपनि सम्मान गरिएको समितिका अध्यक्ष सुनारले जानकारी गराए । त्यस्तै पालिका भित्र अन्तरजातिय विवाह गरेका ६७ जना दम्पतीलाई पनि दोसल्ला, खादा ओडाएर सम्मान गरिएको हो ।

दलित कलाकारको उपस्थिती
कार्यक्रममा राष्ट्रिय तथा जिल्ला स्तरिय दलित कलाकारको समेत उपस्थिति थियो । दलित कलाकार झलक संगीतम, सविता परियार, राजबाबु नेपाली, राजकुमार टराली लगायतका प्रस्तुती रहेको थियो । कलाकारले दलित लक्षित प्रस्तुती राखेका थिए । उनीहरुले दलितलाई गरिने छुवाछुत, दमनका विषयमा गीत मार्फत प्रस्तुत गरेका हुन् । कार्यक्रममा दलितसंग सम्बन्धित कानुनी, संवैधानिक प्रावधानहरु कानुनी सल्लाहकार यादव खनालले जानकारी गराएका थिए ।

गाउँपालिकाले दलित परिवार संगै कुसुण्डा, राउट, कुमाल, धामी, मगर, गुरुङ लगायतका समुदाय लक्षित कार्यक्रम पनि गरिने बताए । मगर जातीको कार्यक्रम गरिसक्यौ र अरु कार्यक्रम गर्न बाकी रहेको उनले बताए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस